आजको पञ्चाङ्ग
चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिककृष्णपक्षको चतुर्दशी तिथि ४९ घटि ५८ पला अर्थात रातिमा २ बजेर ७ मिनेटसम्म त्यसउप्रान्त अमावश्य तिथि लाग्नेछ । आज सूर्य तुला राशिमा रहेको छ भने चन्द्रमा कन्या राशिमा अहोरात्र रहनेछ । आज दिनमान २८ घटि १६ पलाको रहनेछ ।
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ०८ मिनेटमा तुरुदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर २७ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मित्रहरूबाट सहयोग, कला क्षेत्रमा अभिरुचि, एकमुष्ठ रकम संकलन, स्वादिष्ट व्यञ्जन पं्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, यात्रामा बाधा, जोसँग पनि विवाद पर्न सक्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दैनिक कार्य अधुरा, विरोधीहरू सक्रिय हुनेछन, स्वास्थ्य हानी समय तथा दिन खराब रहनेछ, सतर्क हुनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शैक्षिक तथा सामाजिक प्रगति, प्रेमप्रसँग सुमधुर रहनेछ, आदर सत्कार पाइने ठाउँमा सरिक हनु पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आम्दानीमा गिरावट, समय विवादित, महत्वपूर्ण कार्यमा अवरोध, चुनौतिमाथि चुनौति थपिनेछ चनाखो हुनुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
एक्कासि धन तथा जमिन लाभ, नयाँ कार्यमा लगानी, महत्वपूर्ण उपलव्धि हाँसिल,दिन सबै प्रकारले शुभ रहने ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफ्नै पेशाबाट नोक्सान, दिनभर घरमै बस्नुपर्ने, पढाईमा मन नजाने, समय खराब छ सतर्क रहनुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आम्दानीमा एक्कासि बृद्धि, सहयोगी हातहरू बढ्नेछन्, धर्मकर्ममा मन जानेछ, समय शुभ छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पारिवारिक किचलो थपिने, मानसिक चिन्ता, नकारात्मक सोचाईले गर्दा आफैलाई घाटा हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफन्तबाट विरोध आउने, आफ्नै पेशाबाट घाटा, पारिवारिक कचिलोले गर्दा दिनभर चिन्ता पर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बिहानी पख स्वास्थ्यमा क्रमिक सुधार, टाढाको धन प्राप्त हुनेछ भने साँझतिर त्यति राम्रो रहने छैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ मित्रसँग भेटघाट, आर्थिक क्षेत्रबाट लाभ हाँसिल, अधुरो कार्य पुरा हुने सम्भावना छ उपयोग गर्नुहोला ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल कार्तिक ५ गते बुधबार बिहान ६ः०८ बजेदेखि ७ः३८ बजेसम्म लाभ बेला, बिहानमा ७ः३८ बजेदेखि ९ः०८ सम्म अमृत बेला, बिहानमा ९ः०८ बजेदेखि १०ः३८ बजेसम्म काल बेला, बिहानमा १०ः३८ बजेदेखि १२ः०८ बजेसम्म शुभ बेला, बिहान १२ः०८ बजेदेखि दिनमा १ः३८ बजेसम्म रोेग बेला, दिनमा १ः३८ बजेदेखि ३ः०८ बजेसम्म उद्वेग दिनमा ३ः०८ बजेदेखि ४ः३८ बजेसम्म चर साँझ ४ः३८ बजेदेखि ६ः०८ बजेसम्म लाभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज पूर्व र दक्षिण दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
दिनमा १२ः०० बजेदेखि १ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।