BICITRA KHABAR

BICITRA KHABAR

आजको राशिफल (Today’s Horoscope) | ०२ कार्तिक २०७१, आइतबार | 19th Oct


मेष (चू चे चो ला ली लु ले लो अ)
भाग्योदयको योग रहेको छ । नवीन कार्यको सिद्धि सम्भव रहेको छ । मनमा उत्साह र उमङ्गको संचार हुनेछ । रमाइलोमा रम्ने तिब्र उत्कण्ठा पुरा हुनेछ । सबै क्षेत्रबाट उचित तथा रचनात्मक सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा खुलेरै लागिने छ ।

 वृष वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
समाजमा विद्यमान विसंगतीको विरुद्धमा लाग्न प्रेरित भइने छ । प्रतिष्ठाको लडार्इमा आफ्नो जित अवश्य हुनेछ । विचारमा सात्विकता र कार्यमा जुझारुकता ल्याउनु जरुरी छ । अनावश्यक कुराले आलश्यता प्रदान गर्नेछ । भूमिको कारोवार शुभ रहेको छ ।

 मिथुन मिथुन (का कि कु घ ङ छ के को हा)
समय अनुसार आफूलाई समायोजन गर्न नसक्नु असफलताको कारण बन्ने छ । शारीरिक सुखका लागि समय खर्चिइने छ । मानसिक आशक्तिलाई रोक्न प्रयासरत बनिने छ । सरकारी काम बिग्रने छन् । अरुको राम्रो कुराको खुलेर प्रसंशा गर्नु उपयुक्त हुनेछ ।

कर्कट कर्कट (ही हु हे हो डा डि डु डे डो)
आय भन्दा व्यय भार थपिने छ । सामाजिक कार्यमा प्रतिष्ठा कमजोर हुने भय रहेको छ, सावधान रहनु होला । सँगैको साथीबाट सहयोग नमिल्नु चिन्ताको विषय बन्न सक्छ । आफूलाई सम्हालेर बोल्नु आवश्यक रहेको छ ।

 सिंह सिंह (मा मि मू मे मो टा टी टु टे)
आर्थिक कारोवारबाट राम्रै मुनाफा हुनेछ । सबैको हितमा बोलिने छ । बस्त्रालङ्कार तथा आभूषण आदिको प्राप्ति सम्भावित रहेको छ । सामाजिक कार्यप्रति बढि नै उत्तरदायी बनिने छ । सानातिना विवादको अन्त्य हुनेछ । हतारमा निर्णय गरी फुर्सदमा पछुताउने काम नगर्नु होला ।

कन्या कन्या (टो प पी पु ष ण ठ पे मो)
प्रतिकूल समयबाट गुज्रनु पर्नेछ । हातमा आइसकेको अवसर गुमाउनु पर्दाको कटु समय दुःखदायी रहने छ । आफ्ना भनाउँदाहरुको कारण आर्थिक बिचलन हुने भय रहेको छ । शरीरमा चोटपटकादीको घात समेत हुने ग्रह योग रहेको छ, चनाखो हुनुहोला ।

तुला तुला (र री रु रे रो ता ती तू ते)
आर्थिक कारोवार क्रमशः सुधारोन्मुख हुँदै जानेछ । अरुको भरमा पर्दा आफ्नो साख गिर्नेछ । विवादित काममा भने हात नहाल्नु होला । तार्किक क्षमतामा ह्रास आउने छ । भूमि सम्बन्धी समस्या उजागर हुने खतरा रहेको छ । रमाइलोमा खर्च हुनेछ ।

 वृश्चिक वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
रमाइलोमा भएको खर्च फजुल हुनेछ । आर्थिक कारोवार फलदायी बन्ला । गाडी वाहन सुख मिल्नेछ । मनमा उत्साह बढ्नाले अफ्ठ्यारो काम पनि सहजै पुरा हुनेछ । स्वास्थ्य शुभ रहने छ । परिवारमा खुसियाली छाउने छ । सिमित व्यक्तिको प्रिय बनिनेछ ।

धनु धनु (य यो भा भी भू ध फा ढ भे)
सन्तान सन्ततीबाट ठुलो सामाजिक प्रतिष्ठा मिल्ने छ । अरुको भलार्इमा दिन र रातको परवाह नगरी काम गर्ने सामर्थ्यले सामाजिक स्थिति उच्च रहला । लगनशिलता र धैर्यवान बन्ने प्रयत्न सफलताको कारण बन्ने छ । रमाइलोमा भने खर्च होला ।

 मकर मकर (जो जा जी खी खू खे खो गा गी)
निष्ठावान व्यक्तिको कार्यमा शंका गर्नु ठुलो भूल हुनेछ । तपार्इंको प्रतिष्ठा कमजोर भएर आउने छ । पढाई लेखाइमा अरुचि हुनेछ । सामाजिक न्याय नपाउनु तथा गलत आरोप लाग्नु कमजोर भाग्यको उपज ठानिने छ । मित्रहरु टाढिने छन् ।

कुम्भ कुम्भ (गू गे गो सा सी सु से सो द)
आर्थिक व्ययभार अझ थपिने छ । नसोची बोलेको कारण विवादित बनिने छ । ब्यापार शुभ फलदायी रहला तर दीर्घकालिन कामको अपजश भने पाइने छ । व्यवहारमा देखिएका कमजोर स्थितिबाट पाठ सिकेर नयाँ रुपमा अघि बढ्ने बेला आएको छ ।

 मीन मीन (दि दू थ भ ञ दे दो चा ची)
शरीरमा चोटपटकादी भय रहेको छ । गुप्त शत्रुको मार्गबाट अफ्ठ्यारो स्थिति आउन सक्छ । विवादित भूमिको कारोवार होला तथा आफन्तजनमा बितृष्ण बढ्ने छ । प्रदेशको बास हुनेछ । सामाजिक कार्यमा आपसी किचलो चिन्ताको बिषय बन्नेछ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More