BICITRA KHABAR

BICITRA KHABAR

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल कार्तिक १५ गते शनिबार


मेष (चू चे चो ला ली लु ले लो अ)
मेसिनरी बस्तुको प्रयोगबाट फाइदा हुनेछ । पारम्परिक भन्दा आधुनिकतामा विश्वास गरिने छ । राम्रा मान्छेको संगत तथा सहयोग हुनेछ । रमाइला प्रसंगमा खर्च होला । प्रियजनसँग भेटघाट तथा भलाकुशारी हुने छन् । शिक्षामा रुची बढ्ने छ । भरपर्दा मित्रको सहयोग पाउनु हुनेछ ।

वृष वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
दिनको पूर्वार्धमा केही अफ्ठ्याराहरु आए पनि क्रमश सुधार हुँदै जाला । लेनदेनमा असमझदारी बढ्ला । सामाजिक कार्यमा सफलता मिल्ने छ । लगानीका अवसर प्राप्त हुनेछन् । विवादित भूमिको कारोवार सहज हुनेछ । सरकारी क्षेत्रमा कामहरु बन्ने छन् ।

 मिथुन मिथुन (का कि कु घ ङ छ के को हा)
मित्रबाट असहयोग होला । बनिसकेका काम बीचैमा रोक्किएलान् । स्वास्थ्य प्रतिकूल हुँदा मानसिक अशान्ति हुनेछ । गुप्त शत्रु बाधा देखिएको छ । आर्थिक अपारदर्सीताले परिवारमा मनामोटाव ल्याउने छ । झुठा मुद्धा आरोपहरुको सामना गरिएला ।

 कर्कट कर्कट (ही हु हे हो डा डि डु डे डो)
प्रदेशको बास हुनेछ । लामो यात्रा सम्भव देखिएको छ । लागेका आरोपहरु निराधार सावित हुने छन् । आर्थिक कारोवारमा घाटा सहनु पर्ला । ठुलो लगानी नगरेकै बेस । अरुको भर गर्न सकिने विश्वासिलो आधार कमजोर भएर आउने छ ।

 सिंह सिंह (मा मि मू मे मो टा टी टु टे)
मानसिक रुपमा बिचलित भइनेछ । तपाईका कमजोर पक्ष उजागर हुनेछन् । हातमा आइ सकेको अवसर गुम्न सक्नेछ, चनाखो हुनुहोला । अरुलाई बिजाएर बोल्नु आफूलाई कमजोर बनाउनु सरह हुनेछ । सामाजिक मर्यादाको ख्याल पनि उत्तिकै गर्नुपर्ने देखिएको छ ।

 कन्या कन्या (टो प पी पु ष ण ठ पे मो)
तपाईका हित चिन्तकहरु बढ्ने छन् । अनायासै धन प्राप्ति योग रहेको छ । धार्मिक कार्यमा रुची हुनेछ । आध्यात्मिक शक्तिमा विश्वास बढ्नेछ । दीन, दुखीको सेवामा समर्पित हुने प्रेरणा मिल्ने छ । जागिर आदिमा पदोन्नती हुने ग्रह योग रहेको छ ।

तुला तुला (र री रु रे रो ता ती तू ते)
कार्य क्षेत्रमा हुने बिकृतिको बिरुद्धमा लागिने छ । साहसिक कार्यमा हिम्मत गरिने छ । तपार्इंको कार्य शैलीको सबैले प्रसंशा गर्ने छन् । सकारात्मक सोच कार्य सफलताको कारण बन्ने छ । आर्थिक कार्य शिद्धिको लागि मेहनत गर्नु पर्ने समय आइसकेको छ ।

 वृश्चिक वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
व्यापारिक प्रयोजनका लागि गरिने लगानी शुभ फलदायी रहला । शिक्षा तथा धार्मिक कार्यका लागि धन खर्च होला । कार्यमा निपूर्ण र सकारात्मक सोचले सफलताको हिमाल चुमिनेछ । बिरोधको बावजुद सोचेको कुरा पुरा गरेरै छाडिने छ ।

धनु धनु (य यो भा भी भू ध फा ढ भे)
बिचारमा बिचलन आउने छ । भनाइ र गराइमा आएको अन्तरलेपछि परिने छ । अचानक आउने रिसलार्इ सम्हाल्नु पर्ने देखिएको छ, अन्यथा विवाद आउने छ । धनको प्रयोगमा ब्यर्थका झमेला आउन सक्ने छन् सावधान रहनु होला । दिनको अन्त्य शुभ फलदायी रहनेछ ।

 मकर मकर (जो जा जी खी खू खे खो गा गी)
व्यापारिक प्रयोजनका लागि ठुलो लगानी हुन सक्छ । अपरिचितको सहयोग मिल्ने छ । आर्थिक स्थिति मजबुत हुनुका साथै गुमेको धन समेत प्राप्त हुने योग रहेको छ । जेष्ठजनको सहयोग गर्नु नै धर्म भएकोले त्यसतर्फ लाग्नु बेस हुनेछ ।

कुम्भ कुम्भ (गू गे गो सा सी सु से सो द)
अचल सम्पतिमा बाधा आउने छ । लगानी डुब्ने समय रहेको छ । लामो यात्रा नगरेकै बेस । आत्मकेन्द्रित रहँदा सामूदायिक कार्यमा असर पुग्ने छ । आधुनिक सोच भन्दा पारम्परिक सोच हावी हुनेछ । पुरातन सोचलाई त्यागेर नयाँ सोचमा लाग्नु श्रेयस्कर हुनेछ ।

 मीन मीन (दि दू थ भ ञ दे दो चा ची)
शुभ कार्य गर्न हिम्मत गर्नु पर्ने बेला आएको छ । समय सकारात्मक फलदायी भएर आएको छ । परिवारमा आएका झुठा मुद्धाहरु किनारा लाग्ने छन् । धर्म, कर्मप्रति केही गर्ने सोचिने छ । मानसिक स्वास्थ्य मजबुत रहेको छ । इच्छा शक्ति प्रवल हुनेछ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More