BICITRA KHABAR

BICITRA KHABAR

आज मिति 2014-10-26 तारिख, २०७१ साल कार्तिक शुल्कपक्ष तृतीया तिथि, कार्तिक ९ गते आइतवार


मेष (चू चे चो ला ली लु ले लो अ)
सार्वजनिक कार्यमा आलोचनाको पात्र पन्नु पर्ने अवस्था रहने छ । बहुमतको कदर गर्ने सन्दर्भमा आफू पिसिएको अनुभव हुनेछ । प्रतिकूल स्वास्थ्य र कमजोर आत्मशक्तिले कार्य अधुरै रहलान् । परिवारमा मनमोटाव भएसँगै मनासिव कार्य पनि प्रतिकूल भएर आउनेछन् ।

वृष वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
समय सुहाउँदो काममा नलाग्दा अफ्ठ्याराहरू आउने छन् । दिनभर भागदौडमा रहँदा शारीरिक कमजोरी आउला । आर्थिक कारोवार धरासायी बन्न सक्ने छ । सामाजिक कार्य निराशाजनक फल दिनेवाला हुनेछ । कामको अवमूल्यन हुने उत्तिकै भय रहनेछ । मिथुन मिथुन (का कि कु घ ङ छ के को हा)
लगानीका कतिपय अवसर गुम्ने छन् । सार्थक परिणाम ल्याउन चुकिने छ । पारिवारिक किचलोका कारण लक्षित कार्य अधुरै रहला । नयाँ स्थल भ्रमण सम्भव देखिएको छ । आश्वासनहरु आए पनि विश्वास गरिहाल्ने आधार कमजोर रहनेछ ।

 कर्कट कर्कट (ही हु हे हो डा डि डु डे डो)
भाग्योदयको योग छ । अभिभावकको कुरालाई सिरोधार्य गरे कार्य सफल हुनेछ । केही बिचित्रको कुराले उत्सुकता जगाउने छ । आफ्नै कारण अरुलाई हुन गएको मार्काबाट क्षमायाचना गर्नु पर्ने छ । ब्यापार, बिजिनेसमा सफल हुने समय योग रहेको छ ।

सिंह सिंह (मा मि मू मे मो टा टी टु टे)
अरुको आलोचना गर्न जति सजिलो हुन्छ, त्यति सजिलो आलोचना सुन्दा हुने छैन । केही नयाँ कुराको प्राप्तिको लागि आशावादी बनिने छ ।पढ़ाई लेखाइमा तीब्र इच्छा हुनेछ । तपाईका प्रशंसकहरु बढ्ने छन् । मान पद्वी पाइने छ । ब्यापार फलदायी रहला ।

कन्या कन्या (टो प पी पु ष ण ठ पे मो)
आफ्नो कुरा मात्र राम्रो ठान्नु मुर्खता हुनेछ । सबैको अस्तित्वलाई स्वीकार गर्दै समय अनुसार अघि बढ्नु हितकर हुनेछ । रमाइला घटनामा रूचि लाग्ने छ । मेसिनरी बस्तुको प्रयोगबाट लाभ हुनेछ । आर्थिक रुपमा सवल भइने छ ।

 तुला तुला (र री रु रे रो ता ती तू ते)
वैदेसिक कार्य सफल हुने देखिएको छ । मित्रको ब्यवहारबाट त्रसित हुने समय रहेको छ । तपाईको हित चाहनेहरु पनि भाँडिने छन् । गलत ब्यक्तिको सङ्गतबाट टाढा रहनु होला । भनाई र गराइमा अन्तर आउने छ । आलश्यताले सताउला ।

 वृश्चिक वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
प्रेम सम्बन्ध प्रगाढ रहला । मानवीय कार्यमा सहयोगप्रति आकर्षण बढ्ने छ । बिपक्षी उपर विजय प्राप्त गरिने समय रहेको छ । अरुको आश गर्दा निराशा मात्र हात लाग्नेछ । तार्किक क्षमता उच्च रहने छ । बुद्धिको प्रयोग हुने कार्यमा बौद्धिक सफलता मिल्ने छ ।
धनु धनु (य यो भा भी भू ध फा ढ भे)
ब्यापार घाटामा जान सक्छ । काममा अपजश मात्र हात लाग्ने छ । हित चाहँदा चाहँदै पनि अरुको कारण विवादमा परिन सक्छ । कार्य स्थलबाट कुनै अप्रिय समाचार सुन्नुपर्ला । धन नाश हुनेछ । ख्याल ख्यालमै ठगिनु पर्ने अवस्था आउन सक्छ ।

 मकर मकर (जो जा जी खी खू खे खो गा गी)
धन भन्दा मान सम्मानप्रति चिन्ता गर्ने समय छ । मनले खाएका मान्छेको विश्वासमा पर्दा घाटा हुनेछ । इच्छित बस्तुको प्राप्ति योग रहेको छ । साना तिना विवादमा परिने भय रहेको छ । शैक्षिक कार्यमापछि परिएला । ब्यर्थका आलोचना सुनिएलान् ।

कुम्भ कुम्भ (गू गे गो सा सी सु से सो द)
सन्तानको कारण खुसियाली मिल्नेछ । नसोचेको क्षेत्रबाट धन लाभ होला । बिगतको तिक्ततालाई बिर्सेर सहमतिमा काम गर्ने बेला आएको छ । अनपेक्षित परिणाम आउनाले प्रतियोगिताबाट आभारी भइने छ । अचानक लामो यात्राको योग रहेको छ ।

मीन मीन (दि दू थ भ ञ दे दो चा ची)
पारिवारिक आकाङ्क्षा पुरा नहुँदा मनमोटाव हुनेछ । शिक्षा क्षेत्रमा केही गर्ने सङ्कल्प गरिने छ । सबैलाई प्रभावित पारिने कलाको कारण कठीन भन्दा कठिना कार्य सहजै पुरा होला । विवादित मुद्धाहरु किनारा लाग्ने छन् । आफन्तको सहयोग रहने छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More