BICITRA KHABAR

BICITRA KHABAR

शौचालयभित्र थुनिएर मरेका विद्यार्थीको घटनामाथि बन्यो डकुमेन्टी फिल्म ‘कखरा’ (ट्रेलरसहित)

 असोज २८– विद्यालयमा भएको दण्डका कारण केही वर्षअघि काठमाण्डौस्थित एउटा विद्यालयको शौचालयभित्र थुनिएर मरेका एक प्राथमिक तहका विद्यार्थीको सत्य कथामा आधारित रहेर एउटा डकुमेन्ट्री फिल्म ‘कखरा’ निर्माण भएको छ ।
kakhara
फष्ट लुक र पोष्टर सार्वजनिक गर्दे आज झापाको दमकमा उक्त डकुमेन्ट्रीको ट्रेलर पत्रकारहरुलाई देखाइयो । संचारकर्मी डिकेश लामाको लेखन तथा निर्देशनमा बनेको उक्त डकुमेन्ट्रीले ‘दण्डहीन शिक्षा, आजको आवश्यकता’ भन्ने मुल सन्देश बोकेको छ ।


विभिन्न पुस्तक, पत्रिका, विधुतीय माध्यमबाट प्रसारित सामाग्री, शिक्षा विभागका विभिन्न प्रतिवेदन, शिक्षा सम्बन्धी कार्यरत गैर सरकारी निकायहरुले अनुसन्धान गरेको रिपोर्ट, आलेख तथा शिक्षा विदहरुका अनुसन्धानका विवरणहरुको सहयोग लिएर डकुमेन्ट्री तयार गरिएको निर्देशक लामाले बताए । ‘विद्यार्थीमाथि हुने दण्डका कारण आउने अप्रत्याशित नतिजालाई हामीले डकुमेन्ट्रीमार्फत देखाउन खोजका छौ’, उनले भने– ‘त्यसैले देशभरका अधिकांश विद्यालयहरुमा पुगेर यसको प्रदर्शन गर्ने तयारी गरिरहेका छौ । ’
kakhara-final
सत्य घटना जीवन्त बनाउँन यस सन्देशमुलक डकुमेन्ट्रीको छायाङकन राजधानीकै ठुलो भर्याङ बनस्थलीमा रहेको रीड मोडल र नेपालटारको तरुण उमाविमा गरिएको हो । ‘घटना छायांकन भएको विद्यालयमा यो घटना भएको भने होइन्’, डकुमेन्ट्रीका प्रस्तुतकर्ता एवम घटनाका टिपोर्टकर्ता विनोद लामाले भने ।

डकुमेन्ट्रीमा महानायक राजेश हमाल न्यारेटरको रुपमा देखिएका छन् । ८ वर्षिया कलाकार सौगात विष्टको मुख्य अभिनय रहेको यस डकुमेन्ट्रीमा सौजन्य सुब्बा, भूपेन चन्द, गजित विष्ट, श्रीकृष्ण न्यौपाने , राधाकृष्ण धिताल र कैलाश पाण्डेको पनि अभिनय छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More