BICITRA KHABAR

BICITRA KHABAR

आज मिति 2014-10-24 तारिख, २०७१ साल कार्तिक शुल्कपक्ष प्रतिपदा तिथि (गोवर्धन पूजा), कार्तिक ७ गते शुक्रवार


आत्मबलद्वारा महत्वपूर्ण कामहरु सम्पन्न हुनेछन् । प्रेम सम्बन्ध प्रगाढ हुनेछ । बैदेशिक कार्य सफल हुने देखिएको छ । साना तिना विवादहरु आइपर्लान् । मनले खाएको मान्छेबाट सहयोग मिल्ने छ । आर्थिक कारोवार धरासायी बन्ने योग रहेको छ ।

वृष वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
व्यापारिक प्रयोजनका लागि लगानी नगरेकै बेस, प्रतिफल गुम्न सक्छ । व्यवहारमा पारदर्सी बन्नु होला । परिवार नाता गोताबाट असहयोग होला । लक्षित कार्य अधुरै रहला । भनाइ र गराइमा एकरुपता ल्याउनु जरुरी छ । सकारात्मक सोच राख्नु बुद्धिमानी ठहरिने छ ।

मिथुन मिथुन (का कि कु घ ङ छ के को हा)
काममा भाग्यको साथ रहला । अभिभावकको कुरा आँखा चिम्लेर स्वीकार गरेको राम्रो । रोजगारीका अवसर पाउनु हुनेछ । रोक्किएका काम बन्ने छन् । स्वास्थ्य लाभ हुनेछ । सन्तानको मार्गबाट शुभ समाचार सुन्न पाइने छ । आत्मशक्ति प्रवल रहने छ ।

कर्कट कर्कट (ही हु हे हो डा डि डु डे डो)
सामाजिक उत्तरदायित्व बोध हुनेछ । नसोचेको मार्गबाट धन लाभ हुने योग रहेको छ । असल कामबाट प्रतिष्ठित भइने छ । मान, पदवी, विभुषण आदि प्राप्ति योग रहेको छ । निराशावादी सोच हावी हुँदा कार्यमा नकारात्मक प्रभाव पर्नेछ ।

 सिंह सिंह (मा मि मू मे मो टा टी टु टे)
लाभका पदमा पदस्थापन हुने ग्रह योग रहेको छ । नोकरीमा पदोन्नती होला । ब्यापार शुभ फलदायी रहला । अपरिचितबाट सहयोग पाउनु हुनेछ । पढाइ लेखाइमा अभिरुची हुनेछ । लेनदेनमा आफूलाई लाभ हुने समय छ । जडीबुटीको ब्यापार शुभ रहला ।

 कन्या कन्या (टो प पी पु ष ण ठ पे मो)
अरुको लहलहैमा लाग्दा नोक्सानी बेहोर्नु पर्ला । सार्थक परिणाम आउने विषय ओझेलमा पर्लान् । आफन्तबाट नै असहयोग हुनु चिन्ताको विषय बन्ने छ । आर्थिक व्यय भर बढ्ने छ । बहुमूल्य बस्तु हातबाट गुम्ने बेला छ सावधान रहनु होला ।

 तुला तुला (र री रु रे रो ता ती तू ते)
समय सकारात्मक फलदायी रहेको छ । बिरोधी उपर विजय प्राप्त गरिने छ । तार्किक क्षमताको कारण विचार स्थापित गराउन सफल बनिने छ । सोचेको कुरा पुरा हुनेछ । व्यापारमा उच्च लाभ मिल्ने छ । लगानी तथा पाटनरशिप काम फलदायी हुनेछ ।

वृश्चिक वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
समयलाई चिन्न नसक्नु गम्भिर भूल हुनेछ । अरुको भरमा पर्दा घाटा हुनेछ । श्रम ब्यर्थ जान सक्ने तर्फ सजग रहनु होला । साहित्य लेखन तथा रचनामा विशेष समय रहेको छ । न्यायिक काममा सफलता हात लाग्ने छ । अध्ययनमा रुची बढ्ने छ ।

 धनु धनु (य यो भा भी भू ध फा ढ भे)
अर्थ लगानीको लागि समय नकारात्मक रहेको छ । झुठा आरोप मुद्धाहरुको सामाना गर्नु पर्ला । यात्रा दुःखदायी बन्न सक्छ । धार्मिक कार्यप्रति अविश्वास बढ्न सक्छ । सहि कुरालाई गलत देख्ने तपार्इंको दृष्टी दोष हुनसक्छ । निर्णय लिनबाट चुकिने छ ।

मकर मकर (जो जा जी खी खू खे खो गा गी)
सुखमा वृद्धि हुनेछ । सुख, सयलका लागि व्यर्थको खर्च हुने कुरालाई नकार्न सकिँदैन । गाडी, वाहन प्राप्त हुनेछ । परिवारमा समझदारी बढ्नु तथा तपार्इंको इच्छा शक्ति बढ्नु कार्य सफलताको लागि कोशे ढुंगा सावित हुनेछ । राम्रो व्यक्तिको सल्लाह सुझाव मिल्नेछ ।

 कुम्भ कुम्भ (गू गे गो सा सी सु से सो द)
आजको दिन नयाँ कार्य शुभारम्भ गर्नको लागि उत्तम रहेको छ । सबैको विश्वास जित्न सफल बनिने छ । गुमेको धन पुनः हात लागी हुनेछ । बाधित काम पुरा हुनेछन् । सामाजिक कार्यमा लागिने छ । बिगतको गल्तीबाट पाठ सिकेर काम गरे फाइदा हुनेछ ।

 मीन मीन (दि दू थ भ ञ दे दो चा ची)
केही अपशब्दहरु सुन्नु पर्ला । आफन्त नै बिपक्षी भएर आउने छन् । आर्थिक विषमतामा फसिएला । तपाईका विरोधीहरु सक्रिय रहने छन् । आत्मा निर्णयमा चुकिने छ । स्वास्थ्य प्रतिकूल रहला । आध्यात्मिक कार्यमा भने सफल भइने छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More