BICITRA KHABAR

BICITRA KHABAR

आज मिति 2014-11-04 तारिख, २०७१ साल कार्तिक शुल्कपक्ष द्वादशी तिथि, कार्तिक १८ गते मंगलवार



मेष (चू चे चो ला ली लु ले लो अ)
सामान्य भन्दा सामान्य अवस्थामा पनि आफूपछि परिने समय योग छ । ताकेका काम अधुरा रहलान् । मित्रहरु प्रतिकूल भएर आउने छन् । धनको अपव्यय हुने एवम् लगानी डुब्ने समय छ । श्रमको उचित लाभ नपाउनु पनि कमजोर समयको उपज हुनेछ ।

वृष वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
दिनभर जसो भागदौड र असफल यात्राहरु भई रहलान् । बोलीको गलत अर्थ लाग्ने भएकोले सोचेर मात्र बोलेको बेस होला । कमजोर मित्रको कारण प्रतिकूल समयमा समस्या आउला । ब्यापार शुभ फलदायी हुनेछ । दार्शनिक बिचारमा मग्न रहिनेछ ।

 मिथुन मिथुन (का कि कु घ ङ छ के को हा)
सबैतिरबाट शुभ लाभ हुने संकेत मिल्नेछ । माया मारेका कामबाट राम्रो प्रतिफल हात पर्नेछ । घरमा अतिथि जनको स्वागत गर्ने अवसर मिल्नेछ । भूमि सम्बन्धी काम गरे सफल हुने योग रहेको छ । परिवारमा मातृ(भातृत्व सम्बन्ध प्रगाढ रहला ।

कर्कट कर्कट (ही हु हे हो डा डि डु डे डो)
सामाजिक कार्यमा रुची हुनेछ साथै कामको जश मिल्नेछ । सभा सम्मेलन मार्फत अरुलाई चिन्ने मौका मिल्नेछ । रमाइलो स्थानको दृश्यावलोकन गर्ने समय छ । आफूले अनुभव गरेका बिषयलार्इ समाजमा प्रस्तुत गरिनेछ, यसको नतिजा सामाजिक प्रतिष्ठा बढ्ने छ ।

सिंह सिंह (मा मि मू मे मो टा टी टु टे)
आर्थिक उन्नतिका क्षेत्रमा लागे पनि परिणाम शून्य नै रहला । कामहरु अधुरै रहने छन् । आफन्तबाट पीडित बनिएला । स्वास्थ्य प्रतिकूल रहने देखिएको छ । अरुको दुःखमा खुसी हुने चेष्ठा राख्नु भविष्यको लागि प्रत्युत्पादक हुनेछ । घटना हुनु पूर्वनै होस् पुर्याउनु बुद्धिमानी हुनेछ । कन्या कन्या (टो प पी पु ष ण ठ पे मो)
अरुको भरमा पर्दा घाटा सहनु पर्ला । सप्तम चन्द्रमाले तपार्इंलाई अल्छी बनाउन सक्छ । अरुको कुरालाई बेवास्ता गर्नु तपार्इंको कमजोर मानसिकता झल्किने छ । समयको मागलार्इं पुरा गर्न नसक्दा असफल भइने छ । लामो दुरीको यात्रा नगरेकै उपयुक्त होला ।

तुला तुला (र री रु रे रो ता ती तू ते)
ब्यापार, व्यवसाय फस्टाउने छ । मेसिनरी बस्तुको प्रयोग नगरेकै बेस होला । धार्मिक उदारिकरणमा उल्लेखनीय काम गर्न सकिने छ । पुरातन भन्दा नुतन कार्यमा ध्यान जानेछ । सामाजिक क्षेत्रबाट बेफाइदा मात्र हात लाग्ने छ ।

वृश्चिक वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
सात्विक भाव रहनेछ, जसको कारण दीन दुःखी असहायको सेवामा लाग्न प्रेरित भइने छ । आय भन्दा व्यय भार उच्च रहला । फजुल खर्चको योग छ, खर्चको प्रयोगमा सावधान रहनु होला । आज गरेका व्यवहारहरु बिग्रने भय छ, सोचेर मात्र गर्नुहोला ।

धनु धनु (य यो भा भी भू ध फा ढ भे)
राम्रा अवसरहरु रोजगारीका क्षेत्रमा आउने छन् । सरकारी काम बन्ने छ । सोचेको कुरा पुरा होला । अरुको भरमा परे पनि उत्तिकै लाभ हुनेछ । बिपक्षीहरुका मनसाय पुरा हुने छैनन् । घरमा नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार सुन्न पाइने छ ।

 मकर मकर (जो जा जी खी खू खे खो गा गी)
आर्थिक कारोवार फलदायी रहने छ । अचानक धन प्राप्तिको योग रहेको छ । बिरोधी उपर विजय प्राप्त गरिने छ । सार्थक परिणाम दिनेवाला कार्य शिद्धि हुनेछ । निरन्तर प्रगतिपथमा अघि बढ्ने मौका छ । पुराना तथा असफल भई सकेका काम पनि पुरा हुने छन् ।

 कुम्भ कुम्भ (गू गे गो सा सी सु से सो द)
दिन सन्तोषजनक रहेको छैन, सावधानपूर्वक काम गर्नु पर्नेछ । दीर्घकालिन सोचका काम नगरेकै बेस हुनेछ । तपाईको हातबाट बहुमूल्य बस्तु गुम्ने भय रहेको छ सावधान रहनु होला । चौपाय तथा कृषि सम्बन्धी बस्तुको ब्यापार भने शुभ रहेको छ ।

मीन मीन (दि दू थ भ ञ दे दो चा ची)
तपाईको बिरुद्धमा लाग्नेहरु नासिने छन् । आफ्नो बिचारको कदर हुनेछ । सामाजिक रुपमा गरेका कामको जश मिल्ने छ । विवादित बिषयमा हात नहालेकै बेस हुनेछ । अरुको कार्यमा हस्तक्षेप नगरेकै राम्रो । परिवारमा खुसियाली वातावरण बन्नेछ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More