आजको पञ्चाङ्ग
चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको द्वितीया तिथि २७ घटि ३ पला अर्थात सा“झमा ५ बजेर २१ मिनेटसम्म त्यसउप्रान्त तृतीया तिथि लाग्नेछ ।
आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा धनु राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि २९ पलाको रहनेछ ।
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ३२ मिनेटमा मैत्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त सा“झ ५ बजेर ०७ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दाजु भाइमा मनमुटाव हुन सक्ने, धन हानीको योग रहेकोछ, अपजस आइ लाग्ने, मानसिक असन्तोष हुने ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धन प्राप्ति, सबै प्रकारको कार्यमा सफलता, हर्ष र खुशीका समाचार सुन्नुपर्ला, साथीभाइको सहयोग पाइने ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफन्तसँग झगडा हुने, कार्यमा विध्नबाधा आइलाग्ने, पेट वा कम्मर रोगले सताउनेछ, सतर्क हुनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आरोग्यता, एक्कासि धनलाभ हुन सक्ने, इष्टत्रिसँग भेटघाट हुनेछ, कार्यमा सफलता मिल्नेछ, दिन राम्रो छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यात्रा असफल, खानामा गडबढी हुन सक्ने, कार्य अधुरा रहनेछन, छोराछोरीले सताउने, वायू रोगले सताउने ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
गुमेको धन हातलाग्ने, पारिवारिक सहयोग पाइने, यश कीर्ति बढ्ने, पढाइमा मनजाने दिन राम्रो छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यापार व्यवसायमा घाटा, आफन्तले नै विरोध गर्ने, काम अधुरा रहनेछन्, स्वास्थ्य राम्रै रहेपनि मनमा अशान्ति हुने।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शोक पर्ने समाचार सुन्नुपर्ला, एक्कासी विवाद पर्ने, नकारात्मक सोचाइले शत्रु वृद्धि हुने समय खराब छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विद्यामा प्रगति हुनेछ, प्रेम प्रसङ्ग सफल रहनेछ, यात्रा फलदायी, आर्थिक वृद्धि हुन सक्ने, दिन शुभ छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समाजमा झगडा बढ्नेछ, इज्जतमा आँच आउने, मन चञ्चल रहनेछ, पेट रोग लाग्ने, सतर्क रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शत्रुमाथि विजय, घरमा नयाँ चहलपहल, धनलाभ, सबै काममा सफलता, समयको सदुपयोग गर्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानसिक पीडा थपिनेछ, प्रेममा बिछोड हुन सक्नेछ, आयश्रोत घट्ने, पारिवारिक झमेला हुनसक्ने ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल मंसिर ८ गते सोमबार बिहान ६:३२ बजेदेखि ८:०२ बजेसम्म अमृत बेला, बिहानमा ८:०२ बजेदेखि ९:३२ सम्म काल बेला, बिहानमा ९:३२ बजेदेखि ११:०२ बजेसम्म शुभ बेला, बिहानमा ११:०२ बजेदेखि १२:३२ बजेसम्म रोग बेला, बिहान १२:३२ बजेदेखि दिनमा २:०२ बजेसम्म उद्वेग बेला, दिनमा २:०२ बजेदेखि ३:३२ बजेसम्म चर दिनमा ३:३२ बजेदेखि ५:०२ बजेसम्म लाभ साँझ ५:०२ बजेदेखि ६:३२ बजेसम्म अमृत बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज उत्तर आज उत्तर बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
बिहानमा ७:३० बजेदेखि ९:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।