BICITRA KHABAR

BICITRA KHABAR

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल मंसिर १५ गते सोमबार

आजको पञ्चाङ्ग

आज मिति २०७१ साल मंसिर १५ गते सोमबार, तदनुसार दिसम्वर १ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको दशमी तिथि ४२ घटि १७ पला अर्थात रातिमा ११ बजेर ३३ मिनेटसम्म त्यसउप्रान्त एकादशी तिथि लाग्नेछ ।
आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा मीन राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि ११ पलाको रहनेछ ।
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ३८ मिनेटमा मैत्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०६ मिनेटमा हुनेछ ।
आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
जोखिममा काम गर्नु पर्नेछ, शत्रु भेद रहनेछ, अर्काको काममा समय बित्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सोचाइ विपरित काम हुनेछ, पारिवारिक चिन्ता बढ्नेछ, घरमा बस्न मन लाग्नेछैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
गुमेको धन फेला पर्न सक्नेछ, राजनैतिक सक्रियता बढ्नेछ, समग्रमा दिन शुभ छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
टाढाबाट धन आउनेछ, मानसिक शान्ति तथा आराम मिल्नेछ, शत्रु परास्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यापार व्यवसायमा गिरावट, गरेको प्रयास असफल, स्वास्थ्यमा एक्कासि खराबी आउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पुरानो धन प्राप्त हुने, स्वास्थ्यमा क्रमिक सुधार हुनेछ, मनमा निराशा, दिन सामान्य रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आम्दानीमा एक्कासि बृद्धि, सहयोगी हातहरू बढ्नेछन्, धर्मकर्ममा मन जानेछ, समय शुभ छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
काममा अवरोध आउनेछ, आफ्नो इज्जतमा आँच आउन सक्छ, काम गर्दा चनाखो हुनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिवारमा अशान्ति हुनेछ, आफन्तजनबाट धोका, वायुरोगले सताउनेछ समय खराब छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
जमिन लाभ, नयाँ कार्यमा लगानी, महत्वपूर्ण उपलव्धि हाँसिल, दिन सबै प्रकारले शुभ रहने ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक कार्य गरेरपनि जस पाइने छैन, यात्रामा झन्झट खेप्नु पर्ला सतर्क रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ काम गर्ने जोश जाँगर बढ्नेछ, आम्दानीमा बृद्धि हुनेछ, व्यापारबाट लाभ पाईनेछ ।

आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल मंसिर १५ गते सोमबार बिहान ६:३८ बजेदेखि ८:०८ बजेसम्म अमृत बेला, बिहानमा ८:०८ बजेदेखि ९:३८ सम्म काल बेला, बिहानमा ९:३८ बजेदेखि ११:०८ बजेसम्म शुभ बेला, बिहानमा ११:०८ बजेदेखि १२:३८ बजेसम्म रोग बेला, बिहान १२:३८ बजेदेखि दिनमा २:०८ बजेसम्म उद्वेग बेला, दिनमा २:०८ बजेदेखि ३:३८ बजेसम्म चर दिनमा ३:३८ बजेदेखि ५:०८ बजेसम्म लाभ साँझ ५:०८ बजेदेखि ६:३८ बजेसम्म अमृत बेला रहनेछ ।   यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज उत्तरर पश्चिम बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
दिनमा ७:३० बजेदेखि ९:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More