BICITRA KHABAR

BICITRA KHABAR

आज मिति २०७१ साल कार्तिक १९ गते बुधबार, तदनुसार नवेम्वर ५ सन् २०१४,



आज मिति २०७१ साल कार्तिक १९ गते बुधबार, तदनुसार नवेम्वर ५ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ ।

चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिकशुक्लपक्षको चतुर्दशी तिथि अहोरात्र रहनेछ । आज सूर्य तुला राशिमा रहेको छ भने चन्द्रमा मिन राशिमा २७ घटि ९ पला अर्थात साँझमा ५ बजेर ९ मिनेटसम्म त्यसउप्रान्त मेष राशिमा प्रवेश गर्नेछ । आज दिनमान २७ घटि २४ पलाको रहनेछ ।

आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर १८ मिनेटमा तुरुदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफन्तसँग टकराव हुन सक्ने, मन चञ्चल, भावनात्मक सम्बन्धमा चोट, दिन चिन्तामा बित्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आरोग्यता, प्रशन्नता, धनलाभ, नवीन कार्यको थालनी हुनेछ, त्यस पश्चात समय खासै शुभ रहनेछैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रोगब्याधी बढ्ने, यात्रामा कठिनाइ हुन सक्नेछ, वायूरोगले सताउने, दिन चिन्तामा बित्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आर्थिक नोक्सानी हुने, आफ्नै कर्मचारीबाट धोका, नकारात्मक सोचाइ बढ्ने, दिन संघर्षपूर्ण रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दैनिक कार्य अधुरो, सोचेजति कार्यमा विध्नबाधा, आफ्न्तले कुरा काट्ने, दिन शुभ रहनेछैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अधुरा कार्य पुरा हुन सक्ने, प्रियतम भेट हुने, महत्वपूर्ण उपलब्धी हासिल, दिन धार्मिक कार्यमा बित्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दैनिक कार्यमा उदासिनता, आफन्तले साथ नदिने, मानसिक पीडा बढ्ने, समय शुभ रहने छैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परोपकार कार्यबाट लाभ पाइने, प्रसंशक बढ्ने, नयाँ कार्यमा लगानी हुने, दिन तथा समय अत्यन्तै सबल ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जीवनप्रति उदासिनता, भाग्यले साथ नदिने, शारीरिक पीडा बढ्ने, दिन नोक्सानपूर्ण रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समय उपलब्धी मुलक रहने, विद्यामा प्रगति हुने, विचारधिन कार्यको टुङ्गा लाग्ने, दिन शुभ रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मानसिक असन्तोष हुने, स्वास्थ्यमा खराबी आउने, प्रेमप्रसंग बिग्रने, दिन नकारात्मक कार्यमा बित्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धन प्राप्ति, सबै प्रकारको कार्यमा सफलता, हर्ष र खुशीका समाचार सुन्नुपर्ला, साथीभाइको सहयोग पाइने ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More