BICITRA KHABAR

BICITRA KHABAR

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल मंसिर १४ गते आइतबार

आजको पञ्चाङ्ग


आज मिति २०७१ साल मंसिर १४ गते आइतबार, तदनुसार नवेम्वर ३० सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको नवमी तिथि ४७ घटि ४४ पला अर्थात रातिमा १ बजेर ४३ मिनेट सम्म त्यसउप्रान्त दशमी तिथि लाग्नेछ । आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा कुम्भ राशिमा ३९ घटि ८ पला अर्थात राशिमा १० बजेर १७ मिनेटसम्म त्यसउप्रान्त मन राशिमा प्रवेश गर्नेछ । आज दिनमान २६ घटि १३ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ३७ मिनेटमा रौद्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०६ मिनेटमा हुनेछ ।

आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मानसिक शान्ति मल्ने, नयाँ ठाउँको भ्रमण, आफ्नै पेशाप्रति सन्तुष्टि, सबै काम सजिलै सम्पन्न हुनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – गरेको प्रयास अर्थहिन, नकरात्मक सोचाइ बढ्ने, पारिवारिक कलहमा वृद्धि हुनेछ सर्तक रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आफन्तले कुरा काट्नेछन्, आटेको कार्य अधुरा, नयाँ कार्यमा लगानी गर्ने योजना विफल हुनेछन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – धन हराउन सक्ने, स्वास्थ्यमा गडबढी, प्रेममा धोका हुन सक्ने दिन खराब छ सर्तक हुनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आम्दानीमा वृद्धि, आफ्नै पेशाप्रति असन्तुष्टि, मिष्ठान्न भोजन प्राप्ति, हराएको बस्तु फेला पर्ने सम्भावना छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – टाढाबाट धन प्राप्ति, सामाजिक क्षेत्रबाट सम्मान, राजनैतिक सक्रियता बढ्नेछ समय राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आफ्नै मान्छेबाट धोका, यात्रामा सावधानी अपनाउनु पर्ने, दिन खराब रहनेछन्, जोगिनु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – छोराछोरीबीच विवाद दिर्घरोग देखा पर्ने, दिन अत्यन्तै नराम्रो छ, सर्तक सर्तक हुनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आदरसत्कार पाइने, पारिवारिक सहयोग मिल्ने, नयाँ क्षेत्रमा लगानी गर्दा मनग्य आम्दानी हुनेछ दिन शुभ छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – चोटपटकको भय, दिनभर नैराश्यता हुने, व्यापार व्यवसायमा मन्दी, मनमा अशान्ति छाउनेछ ।

 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – पढाईमा लगनशीलता, धार्मिक क्रियाशीलता बढ्ने, राजनीतिक क्षेत्रमा सफलता, टाढाको मित्र सँग भेटघाट ।

 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मानसिक पीडा थपिने, आम्दानीमा गिरावट हुनेछ, साथीभाईसँग मनमुटाव, शत्रुहरु सक्रिय हुनेछन् ।

आजको शुभ, लाभ र अमृत बेला: आज २०७१ साल मंसिर १४ गते आइतबार बिहान ६:३७ बजेदेखि ८:०७ बजेसम्म उद्वेग बेला, बिहानमा ८:०६ बजेदेखि ९:३७ सम्म चर बेला, बिहानमा ९:३७ बजेदेखि ११:०७ बजेसम्म लाभ बेला, बिहानमा ११:०७ बजेदेखि १२:३७ बजेसम्म अमृत बेला, बिहान १२:३७ बजेदेखि दिनमा २:०७ बजेसम्म काल बेला, दिनमा २:०७ बजेदेखि ३:३७ बजेसम्म शुभ दिनमा ३:३७ बजेदेखि ५:०७ बजेसम्म रोग साँझ ५:०७ बजेदेखि ६:३७ बजेसम्म उद्वेग बेला रहनेछ ।   यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज उत्तर बाहेक ­कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : दिनमा ४:३० बजेदेखि ६:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More