२०७१ साल मंसिर १२ गते शुक्रबार आजको पञ्चाङ्ग आज मिति २०७१ साल मंसिर १२ गते शुक्रबार, तदनुसार नवेम्वर २८ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको सप्तमी तिथि अहोरात्र रहेका छन् । आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा मकर राशिमा ३३ घटि ३१ पला अर्थात रातिमा ८ बजेसम्म त्यसउप्रान्त कुम्भ राशिमा प्रवेश गर्नेछ । आज दिनमान २६ घटि १७ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ३६ मिनेटमा विभिषण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०६ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ उपयोग गर्नुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – धार्मिक कार्यतिर समय खर्च हुने, पति–पत्नीबीच वैमन्यश्यता बढ्ने, आम्दानीका श्रोत घट्न सक्ने ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – टाढाकोे यात्रामा शारीरिक पीडा हुन सक्ने, सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – खेलकुदबाट मनोरञ्जन प्राप्त हुनेछ, सकारात्मक सोचाईले गर्दा आर्थिक लाभ, स्वास्थ्य राम्रो रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – मनमा उत्साह बढ्नेछ, स्वास्थ्यमा क्रमिक सुधार, नयाँ कमको थालनी गर्नेे अवसर मिल्नेछ, समय राम्रो छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – शत्रुहरु सक्रिय हुनेछ, धनमल हराउन सक्नेछ, नकारात्मक सोचाइले गर्दा आर्थिक नोक्सानी हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – राजनैतिक दुःख झेल्नुपर्ने, आत्मीयजनबाट धोका र कलहले दिनभर मनमा तनाव हुनेछ होसियार हुनुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – इष्टमित्रबाट सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेम–प्रसँग सुमधुर रहने, यात्रा फलदायी हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सरकारी काम असफल हुनेछ, पारिवारिक विवाद थपिने, दीर्घ रोगको सुरुवात हुनेछ सतर्क रहनुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मनोरञ्जन तिर मनजाने, रमाइलो भ्रमणको अवसर, पारिवारमा खुसीयालीले गर्दा दिन सुखमय हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ, स्त्रीवर्गसँग किचलो हुने, गरेको कार्य अर्थहिन हुने ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – टाढाबाट धन प्राप्त हुन सक्नेछ, प्रियतम भ्टघाट हुनेछ, धार्मिक क्षेत्रबाट लाभ पाइनेछ, स्वास्थ्य राम्रो रहेछ ।
आजको शुभ, लाभ र अमृत बेला: आज २०७१ साल मंसिर १२ गते शुक्रबार बिहान ६:३६ बजेदेखि ८:०६ बजेसम्म चर बेला, बिहानमा ८:०६ बजेदेखि ९:३६ सम्म लाभ बेला, बिहानमा ९:३६ बजेदेखि ११:०६ बजेसम्म अमृत बेला, बिहानमा ११:०६ बजेदेखि १२:३६ बजेसम्म काल बेला, बिहान १२:३६ बजेदेखि दिनमा २:०६ बजेसम्म शुभ बेला, दिनमा २:०६ बजेदेखि ३:३६ बजेसम्म रोग दिनमा ३:३६ बजेदेखि ५:०६ बजेसम्म उद्वेग साँझ ५:०६ बजेदेखि ६:३६ बजेसम्म चर बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज दक्षिण र पूर्व बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : बिहानमा १०:३० बजेदेखि १२:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन । -