BICITRA KHABAR

BICITRA KHABAR

सुनको मूल्य फेरि घट्न थाल्यो

८ मंसिर, काठमाडौं ।

सुनको मुल्यमा घटबढ हुने क्रम जारी रहेको छ । साताको पहिलो दिन बढेको सुनको मूल्य सोमबार एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघले सोमबारका लागि सुन प्रतितोलाको ५१ हजार दुई सय रुपैयाँ निर्धारण गरेको छ । आइतबार सुन तोलामा दुई सय रुपैयाँले बढेर ५१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । आइतबार चाँदी तोलामा प्रतितोलाको ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More