मेष (चू चे चो ला ली लु ले लो अ)
विशेषज्ञता हासिल नभएको काममा अघि बढ्न खोज्नु मुर्खता हुनेछ । साहसिक कार्यमा लाग्नु श्रेयस्कर हुनेछ । कार्यक्षेत्रमा आएका विवाद समाधान हुनेछन् । बिदाको समय सहि सदुपयोग गरिने छ । आर्थिक कारोवार सफल हुने देखिएको छ ।
वृष वृष (इ उ ए ओ वा वी वु वे वो)
सौखिन कार्यको लागि खर्च हुनेछ । मातृ सम्बन्ध प्रगाढ हुनेछ । विवादित मुद्धा किनारा लाग्ने छन् । सामाजिक कार्यमा तत्परता देखिने छ । सबैको हितको कुरामा सजग रहिने छ । मनमा असन्तुष्टि रहे पनि कार्यमा भने सम्झौता गरिने छैन ।
मिथुन मिथुन (का कि कु घ ङ छ के को हा)
बौद्धिक जनसँग सतसँग गर्ने मौका मिल्ने छ । आध्यात्मिक क्रियाकलापमा लागिने छ । तान्त्रिक कार्यमा रुची हुनेछ साथै मन्त्र शिद्धिको लागि समेत समय सकारात्मक हुनेछ । नसोची बोल्नु प्रत्युत्पादक बन्ने भएकोले बिचार पुर्याउनु होला ।
कर्कट कर्कट (ही हु हे हो डा डि डु डे डो)
अरुको भरमा पर्दा ठगिने भय रहेको छ । आत्मनिर्भर हुने कोसिश गर्नु होला । इच्छा शक्ति कमजोर हुँदा सजिलै हुने काम पनि बिग्रन सक्ने छ । स्वास्थ्य कमजोर रहला । कुभलो चाहनेहरुको जमात बढ्ने छ । शैक्षिक कार्य असफलताको योग रहेको छ ।
सिंह सिंह (मा मि मू मे मो टा टी टु टे)
पारिवारिक सम्बन्धमा प्रगाढता आउने छ । माया पिरतीमा फसिने बेला रहेको छ । अरुको भरमा बाच्नु पर्ने बाध्यता नआउला भन्न सकिन्न । गाडी वाहनको प्रयोगमा सावधान रहनु होला । मेसिनरी बस्तुको घात रहने छ । विवादमा पर्नबाट बच्नु होला ।
कन्या कन्या (टो प पी पु ष ण ठ पे मो)
आलोचनाको बीच कार्य सम्पन्न गनुपर्ने चुनौती रहने छ । झिना मसिना समस्याले सताउने छ । यात्रा कष्टकर बन्ने छ । बैदेसिक भ्रमणको कार्य भने सफल रहला । तपार्इंको कार्य क्षेत्रबाट मिश्रित फल मिल्ने छ । निच व्यक्तिको सङ्गतबाट टाढा रहेको बेस होला ।
तुला तुला (र री रु रे रो ता ती तू ते)
भाग्योदयको योग रहेको छ । सोचेका काम पुरा हुनेछन् । उच्च पदस्थ अधिकारीको सहयोग मिल्ने छ । मानसिक बिचलन दुर भइ उच्च निर्णायक शक्ति बढ्ने छ । घरमा धार्मिक अनुष्ठानादि सम्पन्न हुनेछन् । व्यक्तिगत महत्वाकाक्षा उजागर हुनु कार्य असफलताको कारण भने बन्नेछ ।
वृश्चिक वृश्चिक (तो ना नी नू ने नो या यि यु)
सामाजिक उत्तरदायित्व बोध हुनेछ । कार्य क्षेत्रमा अब्बल रहिने छ । तपाईका बिचारको सबैले अनुसरण गर्नेछन् । रोक्किएका काम बन्नेछन् । न्यायिक कार्यमा तपार्इंको पक्षमा सुनुवाई हुनेछ । सामाजिक क्षेत्रमा पीडित व्यक्तिको सहयोगमा समर्पित बनिने छ ।
धनु धनु (य यो भा भी भू ध फा ढ भे)
आफ्ना प्रतिभाहरुले सबैलार्इ प्रभावित पार्न सफल भइने छ । आर्थिक कमजोरीबाट परिवारमा वितृष्णा बढ्ने छ । तपाईले सोचेका काम अधुरा रहलान् तर सहयोगीहरु बढ्ने छन् । सबैलार्इं मिलाएर लान सक्ने निर्णायक भूमिकामा खरो उत्रिने समय योग रहेको छ ।
मकर मकर (जो जा जी खी खू खे खो गा गी)
विवादित कार्यले मनमा अशान्ति दिनेछ । हित चाहनेहरु विरोधीको जस्तो व्यवहार गर्न थाल्नेछन् । सानो गल्ति ठुलो पहाड बनेर आउन सक्छ चनाखो हुने बेला आएको छ । आफन्तहरु टाढिएलान् । मित्रतामा दाग लाग्न सक्ने तर्फ पनि सजग रहनु होला ।
कुम्भ कुम्भ (गू गे गो सा सी सु से सो द)
सामाजिक सम्मान मिल्ने ग्रह योग रहेको छ । वस्त्र आभूषण आदिको प्राप्ति हुने समय छ । बोलीको सहि अर्थ लाग्नाले सबैको मान्य बनिने छ । मित्रताका नयाँ आयामहरू विकसित हुनेछन् । व्यवहारमा खरो उत्रिइने छ । आयश्रोत बढ्ने छ ।
मीन मीन (दि दू थ भ ञ दे दो चा ची)
तपाईले गरेको निर्णय गलत हुनेछ । आफूले गरेको काममा आलोचना र उल्झन आउन सक्नेछन् । मूल सम्पत्ति गुम्न सक्ने छ । बोलीको कारण विवादमा परिने भय रहेको छ । धार्मिक कार्यप्रति वितृष्णा जाग्ने समय रहेको छ ।
आजको पञ्चाङ्ग र राशीफल २०७१ साल कार्तिक १६ गते आइबार
1:53 AM
Unknown