काठमाडौं, मंसिर ११ । विहीबार सुनको मूल्य पुनः ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर ५१ हजार कायम भयो ।
पछिल्ला तीन दिन ५१ हजार २ सयमा स्थीर रहेको थियो ।
यसदिन तेजाबी सुन तोलाको ५० हजार ७ सय ५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ सस्तिएर ७ सय ५ मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस ११ सय ९६ डलरको हाराहारीमा कारोबार भएको थियो ।