काठमाडौं । अघिल्लो हप्ताबाट बढ्न सुरु भएको सुनको भाउ यो साताको अन्तिममा आइपुग्दा केही घटेको छ । ४९ हजारबाट उकालो लागेर अघिल्लो साता सुनको भाउ ५१ हजार ३ सय पुगेको थियो ।
यो साताको अन्तिम दिन शुक्रबार ५० हजार ८ सयमा कारोबार भएको छ । मंसिरमा विवाहको समय आइरहेका बेला फेरि सुनको भाउमा गिरावट आएको हो ।
एक साता अघि स्थिर रहेको सुनको भाउ यो सातामात्रै ५ सय रुपैयाले घटेको हो । अन्तराष्ट्रिय बजारमा डलर बजबुत भएर सुनको भाउ घटेपछि नेपाली बजारमा पनि सुनको भाउ घटेको हो ।