आजको पञ्चाङ्ग
आज मिति २०७१ साल मंसिर ५ गते शुक्रबार, तदनुसार नवेम्वर २१ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको वाला चतुर्दशी तिथि २८ घटि ५६ पला अर्थात साँझमा ६ बजेर ०५ मिनेटसम्म त्यसउप्रान्त अमावश्या तिथि लाग्नेछ ।
आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा तुला राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि ३४ पलाको रहनेछ ।
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ३० मिनेटमा विभिषण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०८ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, यात्रामा बाधा, जोसँग पनि विवाद पर्न सक्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मित्रहरूबाट सहयोग, कला क्षेत्रमा अभिरुचि, एकमुष्ठ रकम संकलन, स्वादिष्ट व्यञ्जन प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दैनिक कार्य अधुरा, विरोधीहरू सक्रिय हुनेछन, स्वास्थ्य हानी समय तथा दिन खराब रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शैक्षिक तथा सामाजिक प्रगति, प्रेमप्रसँग सुमधुर रहनेछ, आदर सत्कार पाइने ठाउँमा सरिक हनु पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आम्दानीमा गिरावट, समय विवादित, महत्वपूर्ण कार्यमा अवरोध, चुनौतिमाथि चुनौति थपिनेछ चनाखो हुनुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पारिवारिक किचलो थपिने, मानसिक चिन्ता, नकारात्मक सोचाईले गर्दा आफैलाई घाटा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
एक्कासि धन तथा जमिन लाभ, नयाँ कार्यमा लगानी, महत्वपूर्ण उपलव्धि हाँसिल,दिन सबै प्रकारले शुभ रहने ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफ्नै पेशाबाट नोक्सान, दिनभर घरमै बस्नुपर्ने, पढाईमा मन नजाने, समय खराब छ सतर्क रहनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आम्दानीमा एक्कासि बृद्धि, सहयोगी हातहरू बढ्नेछन्, धर्मकर्ममा मन जानेछ, समय शुभ छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ मित्रसँग भेटघाट, आर्थिक क्षेत्रबाट लाभ हाँसिल, अधुरो कार्य पुरा हुने सम्भावना छ उपयोग गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
चोटपटकको भय, दिनभर नैराश्यता हुने, व्यापार व्यवसायमा मन्दी, मनमा अशान्ति छाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफन्तबाट विरोध आउने, आफ्नै पेशाबाट घाटा, पारिवारिक कचिलोले गर्दा दिनभर चिन्ता पर्नेछ ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल मंसिर ५ गते शुक्रबार बिहान ६:३० बजेदेखि ८:०० बजेसम्म चर बेला, बिहानमा ८:०० बजेदेखि ९:३० सम्म लाभ बेला, बिहानमा ९:३० बजेदेखि ११:०० बजेसम्म अमृत बेला, बिहानमा ११:०० बजेदेखि १२:३० बजेसम्म काल बेला, बिहान १२:३० बजेदेखि दिनमा २:०० बजेसम्म शुभ बेला, दिनमा २:०० बजेदेखि ३:३० बजेसम्म रोग दिनमा ३:३० बजेदेखि ५:०० बजेसम्म उद्वेग साँझ ५:०० बजेदेखि ६:३० बजेसम्म चर बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज दक्षिण बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
बिहानमा १०:३० बजेदेखि १२:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन