२०७१ साल मंसिर ६ गते शनिबार
आजको पञ्चाङ्ग
आज मिति २०७१ साल मंसिर ६ गते शनिबार, तदनुसार नवेम्वर २२ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको अमावश्या तिथि २८ घटि ३७ पला अर्थात साँझमा ५ बजेर ५८ मिनेटसम्म त्यसउप्रान्त प्रतिपदा तिथि लाग्नेछ ।
आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा वृश्चिक राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि ३१ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ३१ मिनेटमा यम मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०७ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
साथी संगीहरुसँग कलह, पेट वा कम्मरको रोग लाग्ने, मनपरेको खानामा अवरोध आउनेछ, दिन खराब छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यशकीर्ति बढ्ने शत्रुमाथि विजयी हुने, अधुरा कार्य आज पूरा, पुराना मित्रसंग भेटघाटको अवसर मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आरोग्यता, प्रशन्नता, आर्थिक पक्ष सवल रहने, मिष्ठान्न भोजन प्राप्ति, नवीन कार्यको थालनी गर्दा राम्रो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
एक्कासी आँखामा खराबी आउन सक्ने, धनमाल चोरी हुन सक्नेछ, आफूले गरेको कार्यमा बिरोधी बढ्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिवारसँग विवाद पर्नेछ, व्यापारीक क्षेत्रमा मन्दी आउनाले नोक्सान बढ्न जानेछ, समय खराब छ ।।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
एक्कासी नयाँ वस्तु फेला पर्ने, उत्कृष्ठ सरकारी सम्मान पाउन सकिने, शैक्षिक क्षेत्रबाट उत्कृष्ट नतिजा हाँसील ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफन्तको टकरावले दिनभर तनाव, पेशाप्रति असन्तुष्टि, आम्दानीमा गिरावट, अनावश्यक झमेला थपिनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
स्वास्थ्य राम्रो रहनेछ, आदर सत्कार पाइने कार्यमा सरिक हुन पाइने, पारिवारिक सहयोग पाइने, प्रेम प्रसँग समधुर ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्यमा खरावी आउन सक्ने, समय विवादित रहनेछ, चोटपटकको भय, नकरात्मक सोचाइले आँफैलाई घाटा ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
टाढाबाट धन प्राप्ति हुन सक्नेछ, नयाँठाउँको भ्रमण गर्दा मनमा आनन्द, राजनीतिक सक्रियता बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
गरेका कार्य अधुरा हुनेछन, यात्रा तथा कार्यमा बाधा, आफ्नो बारेमा आफन्तलेनै कुरा काट्ने छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गरेको सबै कार्यमा बाधा हुने, मानसिक अशान्ति, यात्रामा कठिनाई हुने, चिन्तापर्ने समाचार प्राप्त हुनेछ ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल मंसिर ६ गते शनिबार बिहान ६ः३१ बजेदेखि ८ः०१ बजेसम्म काल बेला, बिहानमा ८ः०१ बजेदेखि ९ः३१ सम्म शुभ बेला, बिहानमा ९ः३१ बजेदेखि ११ः०१ बजेसम्म रोग बेला, बिहानमा ११ः०१ बजेदेखि १२ः३१ बजेसम्म उद्वेग बेला, बिहान १२ः३१ बजेदेखि दिनमा २ः०१ बजेसम्म चर बेला, दिनमा २ः०१ बजेदेखि ३ः३१ बजेसम्म लाभ दिनमा ३ः३१ बजेदेखि ५ः०१ बजेसम्म अमृत साँझ ५ः०१ बजेदेखि ६ः३१ बजेसम्म काल बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज उत्तर र पश्चिम बाहेक ¬कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
बिहानमा ९ः०० बजेदेखि १०ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।