आजको पञ्चाङ्ग आज मिति २०७१ साल मंसिर १३ गते शनिबार, तदनुसार नवेम्वर २९ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको अष्ठमी तिथि ५३ घटि ३३ पला अर्थात रातिमा ४ बजेर २ मिनेट सम्म त्यसउप्रान्त नवमी तिथि लाग्नेछ । आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा कुम्भ राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि १५ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ३६ मिनेटमा यम मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०६ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सबै क्षेत्रबाट लाभ पाइन सक्ने, नविन कार्यको थालनी गर्दा राम्रो, आफन्तसंग भेट, दिन शुभ रहेको छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आँटेजति काम गर्न असफल, अफन्तबाट विरोध आउनेछ, व्यापारमा मन्दी आउने, दिन सामान्य रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आफन्त जनसंग मनमुटाव हुन सक्ला, मन चञ्चल, पेट वा कम्मरको रोग लाग्ने, चिन्ता पर्ने खवर प्राप्त होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – गर्न खोजेको काम विफल शुनेछन, मनमा असान्ति छाउने, स्वास्थ्यमा एक्कासी गडबढी आउन सक्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – यश कृति बढ्ने, शतुमाथि विजय हासिल, घरमा नयाँ मान्छेको आगामन, दिन सुखद्, समय महत्वपूर्ण रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आदरसत्कार पाइने, नयाँ क्षेत्रमा गरेको लगानीबाट मनग्य आम्दानी, दिन अत्यन्त राम्रो छ उपयोग गर्नुहोला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – विरोधीहरु सक्रिय हुनेछन्, अपजस आईलाग्ने, अनाश्यक टकराव खेप्नु पर्ने दिन शुभ छैन चनाखो रहनुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मानसिक पीडा थपिने, मानहानी, आफन्तबाट धोका, आम्दानीका श्रोतहरु घट्नेछन् नआतिनु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – टाढाबाट धन प्राप्त हुन सक्नेछ, प्रियतम भ्टघाट हुनेछ, धार्मिक क्षेत्रबाट लाभ पाइनेछ, स्वास्थ्य राम्रो रहेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – चोटपटकको भय, टाढाको यात्रा असफल हुनेछ, नास्तिक विचारले सताउनेछ, समय खराव रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – पारिवारिक जमघट बढ्ने, राजनैतिक क्षेत्रमा सफलता, गरेको प्रयास सार्थक रहनेछ दिन शुभ रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – सरकारी कार्य असफल हुन सक्छ, मुद्दा मामिलामा हात नहाल्नुहोला, इज्जतमा आँच आउन सक्नेछ ।
आजको शुभ, लाभ र अमृत बेला: आज २०७१ साल मंसिर १३ गते शनिबार बिहान ६:३६ बजेदेखि ८:०६ बजेसम्म काल बेला, बिहानमा ८:०६ बजेदेखि ९:३६ सम्म शुभ बेला, बिहानमा ९:३६ बजेदेखि ११:०६ बजेसम्म रोग बेला, बिहानमा ११:०६ बजेदेखि १२:३६ बजेसम्म उद्वेग बेला, बिहान १२:३६ बजेदेखि दिनमा २:०६ बजेसम्म चर बेला, दिनमा २:०६ बजेदेखि ३:३६ बजेसम्म लाभ दिनमा ३:३६ बजेदेखि ५:०६ बजेसम्म अमृत साँझ ५:०६ बजेदेखि ६:३६ बजेसम्म काल बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज उत्तर र पश्चिम बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : बिहानमा ९:०० बजेदेखि १०:३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।