BICITRA KHABAR

BICITRA KHABAR

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल मंसिर ११ गते बिहीबार


आजको पञ्चाङ्ग आज मिति २०७१ साल मंसिर ११ गते बिहीबार, तदनुसार नवेम्वर २७ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको पञ्चमी तिथि ११ घटि ० पला अर्थात बिहानमा १० बजेर ४९ मिनेटसम्म त्यसउप्रान्त षष्ठी तिथि लाग्नेछ । आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा मकर राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि १९ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ३५ मिनेटमा रावण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०७ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यापार व्यवसायमा घाटा, आफन्तले नै विरोध गर्ने, काम अधुरा रहनेछन, स्वास्थ्य राम्रै रहेपनि मनमा अशान्ति हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – मानसिक पीडा थपिनेछ, प्रेममा विछोड हुन सक्नेछ, आयश्रोत घट्ने, पारिवारिक झमेलाले पेशाप्रति रुचि घट्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आफन्तसँग झगडा हुने, कार्यमा विध्नबाधा आइलाग्ने, पेट वा कम्मर रोगले सताउने, चिन्ता पर्ने समाचार सुन्नुपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – शत्रुमाथि विजय, घरमा नयाँ चहलपहल, धनलाभ हुनेछ, सबै काममा राम्रो सफलता मिल्नेछ, समयको सदुपयोग गर्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – विदेशबाट धन प्राप्ति हुने, सबै प्रकारको कार्यमा सफलता मिल्नेछ, हर्ष र खुशीका समाचार सुन्नुपर्ला, सहयोग पाइनेछ ।

 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – समाजमा झगडा बढ्नेछ, इज्जतमा आँच आउने, दिनभर मन चञ्चल रहनेछ, पेट रोग लाग्ने सताउनेछ, सतर्क रहनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – शोक पर्ने समाचार सुन्नुपर्ला, एक्कासी विवाद पर्ने, नकारात्मक सोचाइले शत्रुबढ्ने जनताबाट पनि नोक्सानी मात्रै हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – विद्यामा प्रगति हुनेछ, प्रेम प्रसङ्ग सफल रहनेछ, यात्रा फलदायी रहनेछ, आर्थिक वृद्धि हुन सक्ने, दिन शुभ छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – दाजु भाइमा मनमुटाव हुन सक्ने, धन हानिको योग रहेको छ, अपजस आइ लाग्ने, मानसिक असन्तोष दिन खराब छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – गुमेको धन हातलाग्ने, पारिवारिक सहयोग पाइने, यश कीर्ति बढ्ने, पढाइमा मनजाने दिन राम्रो छ समय शुभ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – यात्रा असफल, खानामा गडबढी हुन सक्ने, कार्य अधुरा रहनेछन्, छोराछोरीले सताउने, वायू रोगको संक्रमण हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आरोग्यता, एक्कासि धनलाभ हुन सक्ने, इष्टत्रिसँग भेटघाट हुनेछ, कार्यमा सफलता मिल्नेछ, दिन राम्रो छ ।

आजको शुभ, लाभ र अमृत बेला: आज २०७१ साल मंसिर ११ गते बिहीबार बिहान ६:३५ बजेदेखि ८:०५ बजेसम्म शुभ बेला, बिहानमा ८:०५ बजेदेखि ९:३५ सम्म रोग बेला, बिहानमा ९:३५ बजेदेखि ११:०५ बजेसम्म उद्वेग बेला, बिहानमा ११:०४ बजेदेखि १२:३५ बजेसम्म चर बेला, बिहान १२:३५ बजेदेखि दिनमा २:०५ बजेसम्म लाभ बेला, दिनमा २:०५ बजेदेखि ३:३५ बजेसम्म अमृत दिनमा ३:३५ बजेदेखि ५:०५ बजेसम्म काल साँझ ५:०५ बजेदेखि ६:३५ बजेसम्म शुभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज पूर्व बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : दिनमा १:३० बजेदेखि ३:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन । -

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More