जापान । मष्तिस्कमा उच्च रक्तश्राव भई जीवन मरणको दोसाँधमा रहेका एक नेपाली विद्यार्थीको थप उपचारमा समस्या भएको छ । विद्यार्थी भिसामा जापान आएका उनको मष्तिस्कमा भैरहेको रक्तश्राव नरोकीएकाले थप उपचारमा समस्या आएको चिकित्सकले बताएका छन् ।
भक्तपुर गोलम्बी–६ का बुद्धराम केसीलाई अहिले सिनोकुवा स्थित नाइतो अस्पतालको कोमामा राखेर उपचार गरिएको छ । जापानको सिनोकुवामा रहेको टोकीयो इन्टरनेशनल एकेडेमीमा पढीरहेका केसी आठ महिना अघि मात्र जापान आएका थिए ।
सुरुमा टाउको दुख्ने, ज्वरो आउने र आँखा धमिलो देखिने समस्यामा परेका उनको मष्तिस्कमा गहिरो चोट देखिएको अस्पतालले जनाएको छ ।
केसीको उपचारमा थप पहल गर्न उनका भिनाजु शिबराम रुइरुइ जापान आएका छन् । उनका भिनाजुका अनुसार घरको आर्थिक अवस्था पनि निकै कमजोर रहेको छ । उनको घरमा किसान बाबु आमाका साथै श्रीमती र चार वर्षीय छोरा रहेका छन् ।
उनलाई आर्थिक सहयोग गर्न चाहने जापानवासी नेपालीहरुले उनका भिनाजु शिबरामको ०८०९३९५३३७९ , दीपकबाबु नेपालको ०८०४०९५७१०१, विवेक शुवालको ०८०४८९५६६१२ मोबाइलमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
उनलाइृ सहयोग गर्न सौरभ लामाको ०९०९३२२५२९७, देव लामाको ०८०९६५६१९२१, सुवास श्रेष्ठको ०८०४३८१५७७७, मनिताको ०८०५७९०३५९० नम्बरको मोबाइलमा सम्पर्क गर्न पनि आग्रह गरीएको छ ।
साथै उनलाई सहयोग गर्न चाहनेहरुले जेपी बैंकको खाता नम्बर १७७००१२९४९२४१ (सुवास विकेस) मा सिधै रकम जम्मा गर्न सकिने बताइएको छ । नेपाल सन्देश उनको शिध्र स्वास्थ्यलाभको कामना गर्दछ ।