मेष (चू चे चो ला ली लु ले लो अ)
मनमा अनायासै चिन्ता बढ्ने छ । तपार्इंको हित विपरित चल्नेहरु कमजोर हुनेछन् । अरुको भलो चाहँदा आफू भने घाटामा परिएला । श्रम ब्यर्थ जाने तथा प्रतिफल सोचेजस्तो नहुँदा काम गर्ने जाँगर मारेर आउने छ । विवादमा पर्नबाट बच्ने कोसिस गर्नु उपयुक्त हुनेछ ।
वृष वृष (इ उ ए ओ वा वी वु वे वो)
समयको सहि सदुपयोगका लागि राम्रो समय छ । सामाजिक प्रतिष्ठा प्राप्तिका लागि मेहनत गर्नु पर्ने देखिन्छ । नानाथरिका सुख भोगका लागि समय र पैसा बर्वाद होला । अपरिचितको सङ्गतले मानहानी हुने पनि उत्तिकै भय रहेको छ ।
मिथुन मिथुन (का कि कु घ ङ छ के को हा)
सृजनशिललता र मेहनत युक्त कार्यमा लागिने छ । तपाईंमा आत्म शक्ति प्रवल रहने छ । लुकेको प्रतिभा देखाउन सफल भइने छ । तेजिला भाषण तर्कले अरुलाई प्रभावमा पार्न सफल भइएला । विषम परिस्थितिमा आफूलाई उत्कर्शमा राक्ने खुबी मिल्नेछ ।
कर्कट कर्कट (ही हु हे हो डा डि डु डे डो)
सामाजिक कार्यमा लागे पनि प्रतिफल शुन्य हात लाग्ने छ । रमाइला प्रसङ्गमा रम्न मन लाग्ने छ, जसको कारण अनायासै धन डुब्ने खतरा रहेको छ । आफ्ना भनाउदाहरु नै तपाईको बिरुद्धमा लाग्नपछि नपर्नु गम्भिर विषय बन्नेछ ।
सिंह सिंह (मा मि मू मे मो टा टी टु टे)
पारिवारिक सम्बन्धमा नयाँ कोर्श सुरु हुनेछ । गहिराइमा डुब्ने एवम् नकारात्मक सोचका कारण सानो कुरामा पनि विवाद आउन सक्छ । मानसिक विकार अझ शक्तिशाली भएर आउने छ । ब्यापार भने सोचे अनुसार परिणाम दिनेवाला रहेको छ ।
कन्या कन्या (टो प पी पु ष ण ठ पे मो)
अरुको कुभलो चाहने सोच त्यागेको बेस होला । ख्याल ख्यालमै प्रतिफल डुब्ने खतरा रहेको छ । मित्रको व्यवहारले निराश बनाउला । काममा जाँगर मारेर आउला । साम्य भइ सकेका विवाद सतहमा देखिनु चिन्ताको कुरा हुनेछ ।
तुला तुला (र री रु रे रो ता ती तू ते)
गरेको काममा भाग्यले साथ दिनेछ । विवादित भूमिको कारोवार सफल हुनेछ । लेनदेनका विषयमा राम्रो मुनाफा कमाइने छ । सौखिन कार्यको कारोवाररब्यापार शुभ हुनेछ । प्रतिष्ठाका कुरामा कुनै सम्झौता हुने छैन । बिचारमा परिपक्वता देखिने छ ।
वृश्चिक वृश्चिक (तो ना नी नू ने नो या यि यु)
आरोह अवरोहकाबीच गरेको काम सफल हुनेछ । न्यायिक काममा आफ्नो विजय सुनिश्चित हुनेछ । प्रतियोगितामा राम्रो प्रदर्शन गरिने छ । धार्मिक कार्यप्रति खुलेरै लागिने छ । सार्थक परिणाम आउने काममा गरेको लगानी सफल हुनेछ ।
धनु धनु (य यो भा भी भू ध फा ढ भे)
परिवारका लागि केही गर्ने सोचिने छ । नयाँ काममा हात हाले सफल हुनेछ । यात्रा फलदायी रहेको छ भने रमणीय यात्राको योग जुरेको छ । बिचारमा सुन्दरता र कार्यमा इमान्दारिताले इच्छित कार्य सफल हुने देखिएको छ । खर्च भने अधिक होला ।
मकर मकर (जो जा जी खी खू खे खो गा गी)
सामाजिक प्रतिष्ठा उच्च रहने छ । खेलकुद तथा मनोरञ्जनका कुरामा खर्च भए पनि प्रतिफल आउने बाटाहरु बढ्ने छन् । सामाजिक सेवाभावका कुरामा लागि परिने छ । बौद्धिक व्यक्तिको कुरालाई अनुशरण गरेबाट सार्थक विषयमा सफल भइने छ ।
कुम्भ कुम्भ (गू गे गो सा सी सु से सो द)
मनमा शान्ति मिल्ने छ । आरोपित मुद्धा निराधार सावित होलान् । ठुलो संघर्षबाट आर्जेको सफलता जोगाइ राख्नु चुनौती हुनेछ । प्रसंशकहरु बढ्लान् । आफ्नो कल्याण चाहने सन्दर्भमा अरुको हितमा विशेष ध्यान दिनु जरुरी देखिएको छ ।
मीन मीन (दि दू थ भ ञ दे दो चा ची)
आर्थिक पक्ष कमजोर हुनेछ । लेनदेनका कुरामा अनावश्यक विवादको समना गर्नु पर्ने समय छ । मुल सम्पत्ति गुम्ने या बहुमूल्य बस्तु गुम्ने योग रहेको छ सावधान रहनु होला । अरुको कार्यमा सहयोग गरे पनि आफ्नो काममा अरुद्वारा असहयोग हुने बेला रहेको छ ।