२०७१ साल कार्तिक २३ गते आइतबार
आज मिति २०७१ साल कार्तिक २३ गते आइतबार, तदनुसार नवेम्वर ९ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको तृतीय ४० घटि ० पला अर्थात रातिमा २ बजेर २१ मिनेटसम्म त्यसउप्रान्त चतुर्थी तिथि लाग्नेछ । आज सूर्य तुला राशिमा रहेको छ भने चन्द्रमा वृष राशिमा अहोरात्र रहनेछ । आज दिनमान २७ घटि १० पलाको रहनेछ ।
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर २१ मिनेटमा यम मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
एक्कासी आँखामा खराबी आउन सक्ने, धनमाल चोरी हुन सक्नेछ, आफूले गरेको कार्यमा बिरोधी बढ्नेछन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यशकीर्ति बढ्ने शत्रुमाथि विजयी हुने, अधुरा कार्य आज पूरा, पुराना मित्रसंग भेटघाटको अवसर मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिवारसँग विवाद पर्नेछ, व्यापारीक क्षेत्रमा मन्दी आउनाले नोक्सान बढ्न जानेछ, समय खराब छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आरोग्यता, प्रशन्नता, आर्थिक पक्ष सवल रहने, मिष्ठान्न भोजन प्राप्ति, नवीन कार्यको थालनी गर्दा राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
स्वास्थ्यमा खरावी आउन सक्ने, समय विवादित रहनेछ, चोटपटकको भय, नकरात्मक सोचाइले आँफैलाई घाटा ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
गरेका कार्य अधुरा हुनेछन, यात्रा तथा कार्यमा बाधा,आफ्नो बारेमा आफन्तलेनै कुरा काट्ने छन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफन्तको टकरावले दिनभर तनाव, पेशाप्रति असन्तुष्टि, आम्दानीमा गिरावट, अनावश्यक झमेला थपिनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
टाढाबाट धन प्राप्ति हुन सक्नेछ, नयाँठाउँको भ्रमण गर्दा मनमा आनन्द, राजनीतिक सक्रियता बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्य राम्रो रहनेछ, आदर सत्कार पाइने कार्यमा सरिक हुन पाइने, पारिवारिक सहयोग पाइने, प्रेम प्रसँग समधुर ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
साथी संगीहरुसँग कलह, पेट वा कम्मरको रोग लाग्ने, मनपरेको खानामा अवरोध आउनेछ, दिन खराब छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
एक्कासी नयाँ वस्तु फेला पर्ने, उत्कृष्ठ सरकारी सम्मान पाउन सकिने, शैक्षिक क्षेत्रबाट उत्कृष्ट नतिजा हाँसील ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गरेको सबै कार्यमा बाधा हुने, मानसिक अशान्ति, यात्रामा कठिनाई हुने, चिन्तापर्ने समाचार प्राप्त हुनेछ ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल कार्तिक २३ गते आइतबार बिहान ६ः२१ बजेदेखि ७ः५१ बजेसम्म उद्वेग बेला, बिहानमा ७ः५१ बजेदेखि ९ः२१ सम्म चर बेला, बिहानमा ९ः२१ बजेदेखि १०ः५१ बजेसम्म लाभ बेला, बिहानमा १०ः५१ बजेदेखि १२ः२१ बजेसम्म अमृत बेला, बिहान १२ः२१ बजेदेखि दिनमा १ः५१ बजेसम्म काल बेला, दिनमा १ः५१ बजेदेखि ३ः२१ बजेसम्म शुभ दिनमा ३ः२१ बजेदेखि ४ः५१ बजेसम्म रोग साँझ ४ः५१ बजेदेखि ६ः२१ बजेसम्म उद्वेग बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज दक्षिण र पूर्वको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
दिनमा ४ः३० बजेदेखि ६ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।