कसैलाई देख्नसाथ एवं मन पराउनसाथ प्रेम प्रस्ताव राख्नु पागलपन हो । त्यसैले आफुले मन पराएका युवक-युवतीलाई प्रस्ताव राख्नुअघि उनको मन जित्नु आवश्यक छ । –आफुले मन पराएका युवक-युवतीले अरु कसैलाई मन पराएको छ-छैन ? वुझ्नुपर्छ । यदि उनको कुनै पार्टनर छैन भने मात्र आफुले प्रक्रिया अगाडि वढाउनु उपयुक्त हुन्छ । –सुरुमा उनको भावनालाई वुझ्ने प्रयास गर्नुपर्छ । अत उनलाई कसरी प्रभावित वनाउन सकिन्छ, त्यही किसिमको व्यवहार प्रदर्शन गर्नुपर्छ । –सभ्य ढंगले उनीस“गको सामिप्यता वढाउनुपर्छ । साथै आफुले उनलाई ‘केयर गरिरहेको’ आभाष दिलाउनुपर्छ । –जव उनी आफुप्रति आकर्षित छ भन्ने कुरा महसुष हुन्छ, तव मात्र प्रेम प्रस्ताव राख्न सकिन्छ । यद्यपी प्रस्ताव राख्दा ठाडै ‘आइ लभ यु’ भन्नु उपयुक्त हुन्न । वरु, आफुले उनलाई मन पराएको कुरा व्याक्त गरेर त्यसको प्रतिक्रिया माग्नु पर्छ । प्रेम सम्वन्ध सुमधुर राख्ने काइदा-: कल एवं एसएमएस गरौ–प्रेमी ÷ प्रेमिकावीच सधै भेटघाट नहुन सक्छ । आ–आफ्नै कार्यव्यस्तताका कारण भेट्ने, कुरा गर्ने समय नमिल्न सक्छ । यस्तो अवस्थामा फोन तथा एसएमएस गरेर आफ्नो उपस्थिती जनाउन सकिन्छ । फोनमा रोमान्टिक कुराकानी गरौं, म्यासेज पठाऔं र आफ्नो प्रेम सम्वन्धलाई ताजा वनाइराखौं । डेटिङ – प्रेममा डेटिङ हुने नै भयो । यसका लागि दुवैले समय मिलाउनु पर्छ । रमणिय स्थानमा डेटिङ जाने, रमाइलो कुराकानी गर्ने । यसले प्रेम सम्वन्ध मजवुद वनाउन सहयोग गर्छ । सेयरिङ – प्रेम÷प्रेमिकावीच खुलेर कुराकानी हुन जरुरी छ । एकअर्काको सोचाई, भावना दुवैले वुझ्नु पर्छ । यसवाट कतिपय अवस्थामा सृजना हुने गलत सोचाइ हटाउन मद्दत मिल्छ ।