आजको पञ्चाङ्ग
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्यमा एक्कासि खराबी आउने छ, खानपानमा ध्यान पुर्याउनु होला, शोक पर्ने समाचार प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आफन्तसंग कलह हुन सक्छ, मन चञ्चल हुनाले, वायूरोगले सताउनेछ सतर्क रहि कार्य सम्पन्न गर्नुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – शत्रुमाथि विजयले घरमा नया चहल पहल हुने, शैक्षिक प्रगति, आफन्तको सहयोगले अधुरो कार्य पूरा हुने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आफन्तबाट विरोध हुने, पेशा प्रति असन्तुष्टि हुँदै जानेछ, आम्दानीमा कमी हुने, खर्चमा बृद्धि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आदर सत्कार पाइने, व्यापारबाट लाभ हुन सक्ने, टाढाको यात्रा सफल रहने, दिन अत्यन्तै शुभ रहने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – मानसिक पीडा थपिने, आँखामा खरावी आउने, अपजस पाइने, समग्रमा दिन खराब रहेकोछ सजक हुनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – धन तथा जमिन लाभ पाइने, सरकारी सम्मान मिल्ने, आफन्तसंग भेटघाट हुनेछ, दिन रमाइलो हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – स्वास्थ्यमा क्रमिक सुधार हुने, कार्य अधुरा रहनेछन्, आफन्तले कुरा काट्ने, व्यापारमा मन्दी आउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – खाना नपच्ने, चोटपटकको भय, नकारात्मक सोचाई, धनमाल हराउन सक्नेछ होसियारी अपनाउनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – सरकारी काम नबन्ने, यात्रामा विभिन्न बाधा आईपर्नेछ, इज्जतमा आँच आउने, कुनै न कुनै रोगले सताउने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आरोग्यता, प्रशन्नता, सबै कामबाट लाभ, आर्थिक पक्ष सवल रहनेछ, धार्मिक कार्यमा मन जाने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मानसिक तथा शारीरिक आराम, पारिवारिक सहयोग पाइने, नयाँ ठाउँको भ्रमण हुनेछ, दिन शुभ छ । आजको शुभ, लाभ र अमृत बेला: आज २०७१ साल आश्विन ६ गते सोमबार बिहान ५:५१ बजेदेखि ७:२१ बजेसम्म अमृत बेला, बिहानमा ७:२१ बजेदेखि ८:५१ सम्म काल बेला, बिहानमा ८:५१ बजेदेखि १०:२१ बजेसम्म शुभ बेला, बिहानमा १०:२१ बजेदेखि ११:५१ बजेसम्म रोग बेला, बिहान ११:५१ बजेदेखि दिनमा १:२१ बजेसम्म उद्वेग बेला, दिनमा १:२१ बजेदेखि २:५१ बजेसम्म चर दिनमा २:५१ बजेदेखि ४:२१ बजेसम्म लाभ साँझ ४:२१ बजेदेखि ५:५१ बजेसम्म अमृत बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज उत्तर बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : बिहानमा ७:३० बजेदेखि ९:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन