BICITRA KHABAR

BICITRA KHABAR

ब्लु फिल्म खेल्न दवाव दिएपछि नायिकाद्वारा पतिको हत्या

मुम्बइ । आफ्नै पतिले अश्लील चलचित्रमा अभिनय गर्न दवाव दिए भने के गर्ने ? त्यसमा पनि आफ्नै पति निर्देशक भएर सामूहिक रुपमा चार पाँच जनासँग यौन सम्पर्क गर्नुपर्ने दृश्य खिच्नुपर्ने अभिनय गर्नैपर्ने दवाव पति बाटै आयो भने के गर्ने ? भारतीय एक नायिकाले पतिबाट आएको यस्तै दवाव खेप्न नसकेपछि अन्ततः पतिको हत्या गरेको स्विकार गरेकी छन् । आठ महिनाअघिको उक्त घटनामा तमिल तथा कन्नडा फिल्मकी अभिनेत्री श्रुती चन्द्रलेखाले आफ्नै पतिको दवाव झेल्न नसक्दा हत्या गरेकी थिइन् । केहि अघि मात्र पक्राउ परेकी उनले प्रहरीलाई हत्या गर्नुको कारण खुलाउँदै यो अनौठो काहनी सुनाएकी हुन् । पतिले थालेको व्यवसाय धरासयी बनेपछि उनका साथीले सामूहिक यौन कार्य गरिरहेको फिल्म बनाउने त त्यो फिल्ममा आफ्नै श्रीमतीलाई खेलाउन सक्यो भने फिल्मले अर्बों कमाउने सुझाएपछि उनका पतिले उनलाई दवाव दिएका थिए । २३ वर्षीया श्रुतीले अश्लील चलचीत्रमा खेल्नैपर्ने नत्र सिध्याइदिने पतिको दवाव पछि आफैंले पतिलाई सक्याउने रणनीति लिएकी थिइन् । उनले आफ्ना ४ जना सहकर्मीको सहयोगमा ३५ वर्षीय पति रोनाल्डको हत्या गरि जमिनमुनी गाडेर फरार भएकी थिइन् । तमिल तथा कन्नडा फिल्ममा चर्चित बन्न थालेकी श्रुतीको यो अनौठो कहानी सुनेर प्रहरी पनि आश्चर्यमा परेको बताइएको छ । उनको भनाई सत्य सावित भए उनलाई हुने कारबाहिमा केहि तलमाथि हुनसक्ने अधिकारीहरुले बताएका छन् । -एजेन्सीको सहयोगमा

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More