BICITRA KHABAR

BICITRA KHABAR

गर्लफ्रेण्डसंग डिनर खाँदा अढाइ लाखको मोती भेटेपछि

काठमाडौं, आफ्नी गर्लफ्रेन्डका साथमा डिनरमा गएका एक जना इटालियन बिजनेशम्यान त्यतिबेला खुसीले दंग परेका थिए, जब उनले अर्डर गरेको एक डिशमा अढाइ लाख बराबर मूल्यको बहुमुल्य मोती भेटे । बास्तबमा, ती बिजनेसम्यानले सीपबाट बनेको एक डिश अर्डर गरेका थिए, जसमा उनले पाँचवटा मोती फेला पारेका थिए । जसको बजार मूल्य २ हजार यूरो करिब दुइ लाख पचास हजार नेपाली रूपैयाँ बराबर रहेको थियो ।

‘द लोकल’ मा प्रकाशित एक खबर अनुसार, इटालीको पोस्ते इटालियनमा कार्यरत गुइसेपे डि’ बिआन्को का साथमा यो घटना इटलीको सालेर्नो स्थित नोना मारिया रेस्टुरामा भएको थियो । बिआन्कोले आफ्नी गर्लफ्रेन्डका साथमा डेट पर जानु अघि रेष्टुरेन्टमा फोन गरेर सीपको व्यन्जन बनाउन भनेका थिए । यद्दपी, उनीहरूसंग अहिले सीप नभएको कुरा रेष्टुरेन्टबाट थाहा पाएपछि उनले निकै अनुरोध गरेपछि रेष्टुराका प्रवन्धकले नजिकैको माछा बजारबाट ताजा सीप खरीद गरेका थिए ।

बताइए अनुसार जब डिनरका बेला डि’ बिआन्को र उनकी गर्लफ्रेन्डले खानका लागी सीप खोले, त्यसबेला त्यस भित्र पाँच वटा मोती फेला परेका थिए । बताइए अनुसार स्थानीय बजारमा उक्त मोतीको मूल्य दुइ हजार यूरो बराबर रहेको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More