२०७१ साल आश्विन ४ गते शनिबार
आजको पञ्चाङ्ग
आज मिति २०७१ साल आश्विन ४ गते शनिबार, तदनुसार सिताम्वर २० सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ ।
चन्द्रमान अनुसार आश्विनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्णपक्षको द्वादशी अहोरात्र रहनेछ । आज सूर्य कन्या राशिमा रहेको छ भने चन्द्रमा कर्कट राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३० घटि २५ पलाको रहनेछ ।
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५बजेर ५१ मिनेटमा यम मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर १ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पारिवारिक विरोध खेप्नुपर्ने, आफ्नै पेशाबाट घाटा हुन सक्ने, सामाजिक कचिलोले गर्दा दिनभर चिन्ता पर्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नयाँ मित्रसँग भेट, आर्थिक क्षेत्रबाट लाभ पाइने, अधुरो कार्य पुरा हुने सम्भावना दिन महत्वपूर्ण रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आम्दानीमा गिरावट आउनेछ, समय विवादित रहनेछन, चुनौतिमाथि चुनौति थपिनेछ चनाखो हुनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पुरानो कार्यबाट आम्दानीमा एक्कासि बृद्धि, सहयोगी हातहरु बढ्नेछन्, धर्मकर्ममा मन जानेछ समय शुभ छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
स्वास्थ्यमा क्रमिक सुधार आउनेछ, सापटी दिएको धन प्राप्त हुनेछ, दिन शुभ छ उपयोग गर्नुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
एक्कासि धन तथा जमिन लाभ पाइने, नयाँ कार्यमा लगानी हुन सक्नेछ, दिन सबै प्रकारले शुभ रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक किचलो थपिनाले मानसिक चिन्ता बढ्दै जानेछ, नकारात्मक सोचाईले गर्दा आफैलाई घाटा हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफ्नै पेशाबाट नोक्सान व्यहोर्नुपर्ने, यात्रा गर्दा कठिनाई, पढाईमा मन नजाने, समय खराब छ सतर्क रहनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दैनिक कार्य अधुरा हुन सक्नेछ, विरोधीहरु सक्रिय हँुदै जान सक्नेछन, स्वास्थ्य हानी समय तथा दिन खराब छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शैक्षिक तथा सामाजिक प्रगति हुने, प्रेमप्रसँग सुमधुर रहन सक्नेछन्, आदर सत्कार पाइनेछ, दिन शुभ छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मित्रहरुबाट सहयोग पाइनेछ, कला क्षेत्रमा अभिरुचि बढ्ने, एकमुष्ठ रकम संकलन हुने, स्वादिष्ट ब्यञ्जन प्राप्त हुने ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, जोसँग पनि विवाद पर्न सक्नेछ, चनाखो हुनुहोला ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल आश्विन ४ गते शनिबार बिहान ५:५१ बजेदेखि ७:२१ बजेसम्म काल बेला, बिहानमा ७:२१ बजेदेखि ८:५१ सम्म शुभ बेला, बिहानमा ८:५१ बजेदेखि १०:२१ बजेसम्म रोग बेला, बिहानमा १०:२१ बजेदेखि ११:५१ बजेसम्म उद्वेग बेला, बिहान ११:५१ बजेदेखि दिनमा १:२१ बजेसम्म चर बेला, दिनमा १:२१ बजेदेखि २:५१ बजेसम्म लाभ दिनमा २:५१ बजेदेखि ४:२१ बजेसम्म अमृत साँझ ४:२१ बजेदेखि ५:५१ बजेसम्म काल बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज उत्तर र पश्चिम बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
बिहानमा ९:०० बजेदेखि १०:३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।