BICITRA KHABAR

BICITRA KHABAR

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल आश्विन १ गते बुधबार

आजको पञ्चाङ्ग


आज मिति २०७१ साल आश्विन १ गते बुधबार, तदनुसार सिताम्वर १७ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ ।

चन्द्रमान अनुसार आश्विनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्णपक्षको नवमी तिथि ४५ घटि ४१ पला अर्थात रातिमा १२ बजेर ०६ मिनेटसम्म त्यसउप्रान्त दशमी तिथि लाग्नेछ । आज सूर्य कन्या राशिमा रहेको छ भने चन्द्रमा मिथुन राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३० घटि ३७ पलाको रहनेछ ।

आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५० मिनेटमा तुरुदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ५ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
शैक्षिक तथा सामाजिक प्रगति हुने,  प्रेमप्रसँग सुमधुर रहन सक्नेछन्, आदर सत्कार पाइनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफ्नै पेशाबाट नोक्सान व्यहोर्नुपर्ने, यात्रा गर्दा कठिनाई, पढाईमा मन नजाने, समय खराब छ सतर्क रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ मित्रसँग भेट, आर्थिक क्षेत्रबाट लाभ पाइने, अधुरो कार्य पुरा हुने सम्भावना दिन महत्वपूर्ण रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आम्दानीमा गिरावट आउनेछ, समय विवादित रहनेछन, चुनौतिमाथि चुनौति थपिनेछ चनाखो हुनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
एक्कासि धन तथा जमिन लाभ पाइने, नयाँ कार्यमा लगानी हुन सक्नेछ, दिन सबै प्रकारले शुभ रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्यमा क्रमिक सुधार आउनेछ, सापटी दिएको धन प्राप्त हुनेछ, दिन शुभ छ उपयोग गर्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दैनिक कार्य अधुरा हुन सक्नेछ, विरोधीहरु सक्रिय हुदै जान सक्नेछन, स्वास्थ्य हानी समय तथा दिन खराब छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक विरोध खेप्नुपर्ने, आफ्नै पेशाबाट घाटा हुन सक्ने, सामाजिक कचिलोले गर्दा दिनभर चिन्ता पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पुरानो कार्यबाट आम्दानीमा एक्कासि बृद्धि, सहयोगी  हातहरु बढ्नेछन्, धर्मकर्ममा मन जानेछ समय शुभ छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मित्रहरुबाट सहयोग पाइनेछ, कला क्षेत्रमा अभिरुचि बढ्ने, एकमुष्ठ रकम संकलन हुने, स्वादिष्ट ब्यञ्जन प्राप्त हुने ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, जोसँग पनि विवाद पर्न सक्नेछ, चनाखो हुनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक किचलो थपिनाले मानसिक चिन्ता बढ्दै जानेछ, नकारात्मक सोचाईले गर्दा आफैलाई घाटा हुनेछ ।

आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल आश्विन १ गते बुधबार बिहान ५:५० बजेदेखि ७:२० बजेसम्म लाभ बेला, बिहानमा ७:२० बजेदेखि ८:५० सम्म अमृत बेला, बिहानमा ८:५० बजेदेखि १०:२० बजेसम्म काल बेला, बिहानमा १०:२० बजेदेखि ११:५० बजेसम्म शुभ बेला, बिहान ११:५० बजेदेखि दिनमा १:२० बजेसम्म रोग बेला, दिनमा १:२० बजेदेखि २:५० बजेसम्म उद्वेग दिनमा २:५० बजेदेखि ४:२० बजेसम्म चर साँझ ४:२० बजेदेखि ५:५० बजेसम्म लाभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

आजको साइत:
आज पश्चिम र दक्षिण बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

राहुकालको समय :
दिनमा १२:०० बजेदेखि १:३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More