BICITRA KHABAR

BICITRA KHABAR

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल आश्विन १० गते शुक्रबार

आजको पञ्चाङ्ग


 आज मिति २०७१ साल आश्विन १० गते शुक्रबार, तदनुसार सिताम्वर २६ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ । चन्द्रमान अनुसार आश्विनशुक्ल दुर्गा पक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनशुक्ल दुर्गा पक्षको द्वितीया तिथि १९ घटि २२ पला अर्थात दिनमा १ बजेर १७ मिनेटसम्म त्यसउप्रान्त तृतीया तिथि लाग्नेछ । आज सूर्य कन्या राशिमा रहेको छ भने चन्द्रमा कन्या राशिमा ६ घटि ४३ पला अर्थात बिहानमा ५ बजेर ३५ मिनेटसम्म त्यसउप्रान्त तुला राशिमा प्रवेश गर्नेछ । आज दिनमान ३० घटि १ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५४ मिनेटमा विभिषण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ५४ मिनेटमा हुनेछ ।

आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – शत्रुमाथि विजय, घरमा नयाँ चहलपहल, धनलाभ, सबै काममा सफलता, समयको सदुपयोग गर्नुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – विद्यामा प्रगति हुनेछ, प्रेम प्रसङ्ग सफल रहनेछ, यात्रा फलदायी, आर्थिक वृद्धि हुन सक्ने, दिन शुभ छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – अनुचित पर्ने समाचार सुन्नुपर्ला, दाजुभाईमा एक्कासी विवाद पर्ने, नकारात्मक सोचाइले शत्रु वृद्धि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आफन्तसँग झगडा हुने, कार्यमा विध्नबाधा आइलाग्ने, पेट वा कम्मर रोगले सताउनेछ, सतर्क हुनुहोला ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – धन प्राप्ति, सबै प्रकारको कार्यमा सफलता, हर्ष र खुशीका समाचार सुन्नुपर्ला, साथीभाइको सहयोग पाइने ।

 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – व्यापार व्यवसायमा घाटा, आफन्तले नै विरोध गर्ने, काम अधुरा रहनेछन्, स्वास्थ्य राम्रै रहेपनि मनमा अशान्ति हुने ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आरोग्यता, एक्कासि धनलाभ हुन सक्ने, इष्टत्रिसँग भेटघाट हुनेछ, कार्यमा सफलता मिल्नेछ, दिन राम्रो छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मानसिक पीडा थपिनेछ, प्रेममा बिछोड हुन सक्नेछ , आयश्रोत घट्ने, पारिवारिक झमेला हुनसक्ने ।

 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – गुमेको धन हातलाग्ने, पारिवारिक सहयोग पाइने, यश कीर्ति बढ्ने, पढाइमा मनजाने दिन राम्रो छ ।

 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – स्वास्थ्यमा क्रमिक सुधार आउनेछ, सापटी दिएको धन प्राप्त हुनेछ, दिन शुभ छ उपयोग गर्नुहोला ।

 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – दाजु भाइमा मनमुटाव हुन सक्ने, धन हानीको योग   रहेकोछ, अपजस आइ लाग्ने, मानसिक असन्तोष हुने ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – यात्रामा झण्झट, खानामा गडबढी हुन सक्ने, कार्य अधुरा र हनेछन्, छोराछोरीले सताउने, वायू रोगले सताउने ।

आजको शुभ, लाभ र अमृत बेला:

आज २०७१ साल आश्विन ९ गते शुक्रबार बिहान ५:५४ बजेदेखि ७:२४ बजेसम्म चर बेला, बिहानमा ७:२४ बजेदेखि ८:५४ सम्म लाभ बेला, बिहानमा ८:५४ बजेदेखि १०:२४ बजेसम्म अमृत बेला, बिहानमा १०:२४ बजेदेखि ११:५४ बजेसम्म काल बेला, बिहान ११:५४ बजेदेखि दिनमा १:२४ बजेसम्म शुभ बेला, दिनमा १:२४ बजेदेखि २:५४ बजेसम्म रोग दिनमा २:५४ बजेदेखि ४:२४ बजेसम्म उद्वेग साँझ ४:२४ बजेदेखि ५:५४ बजेसम्म चर बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज दक्षिण बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : दिनमा १२:०० बजेदेखि १:३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More