काठमाडौं । कुनै समय राजा र राजपरिवारलाई भगवानको प्रतिकको रुपमा लिइन्थ्यो । तर राजा वीरेन्द्र र उनको राजपरिवारको जीवनशैली भने हामीले सोचेभन्दा निकै सरल थियो ।
विं.सं २०५८ जेठ १९ गते राति भएको भयानक दरवार हत्याकाण्डसंगै उनको जीवनका थुप्रै रहस्यहरु लोप भए । एड भ्यान डेर कोए नामक डच चित्रकार सोही हत्याकाण्डमा जीवन गुमाएकी अधिराजकुमारी श्रुतीका ठूला प्रशंसक थिए ।