अमेरिकाको इदाहोमा एक महिला स्वीमिङ पुलमा हाम फाल्न खोज्दा खुट्टो चिप्लिएपछि नराम्रोसँग पछारिन पुगेकी छिन् । खासमा उनी फाल हान्नु अघि अलमलिएकी थिइन् र खुट्टा चिप्लिन पुगेको थियो । -उनी खसेको दृष्य खिचेर बनाइएको भिडियो इन्टरनेटमा भाइरल भएको छ । भिडियो हेर्दा तपाइँलाई हाँसो पनि लाग्न सक्छ । इदाहोको लावा हट स्प्रिङ वाटर पार्कमा एक महिला सात मीटरको छलाङ लगाउनका लागि बोर्डमा चड्छिन तर चिप्लिएर पानीमा खस्छिन् । यसरी खस्दा उनलाई चोट समेत लागेको छ । तर गम्भीर भने होइन । यो यूट्यूव भिडियो अहिले सम्म ९५ हजार भन्दा बढिले हेरेका छन् ।