आजको पञ्चाङ्ग
आज मिति २०७१ साल आश्विन ५ गते आइतबार, तदनुसार सिताम्वर २१ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ । चन्द्रमान अनुसार आश्विनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्णपक्षको त्रयोदशी अहोरात्र रहनेछ । आज सूर्य कन्या राशिमा रहेको छ भने चन्द्रमा कर्कट राशिमा १२ घटि १९ पला अर्थात बिहानमा १० बजेर ४७ मिनेटसम्म त्यसउप्रान्त सिंह राशिमा प्रवेश गर्नेछ । आज दिनमान ३० घटि २१ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५२ मिनेटमा रौद्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजे हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मानसिक पीडा थपिने,आम्दानीमा गिरावट हुनेछ, साथीभाईसँग मनमुटाव, शत्रुहरु सक्रिय हुनेछन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आदरसत्कार पाइने, पारिवारिक सहयोग मिल्ने, नयाँ क्षेत्रमा लगानी गर्दा मनग्य आम्दानी हुनेछ दिन शुभ छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – छोराछोरीबीच विवाद हुनेछ, दिर्घरोग देखा पर्ने, दिन अत्यन्तै खराब छ, सर्तक सर्तक भएर काम गर्नुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आम्दानीमा वृद्धि, आफ्नै पेशाप्रति असन्तुष्टि, मिष्ठान्न भोजन प्राप्ति, हराएको बस्तु फेला पर्ने सम्भावना छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सोचाइ विपरित काम हुनेछ, पारिवारिक चिन्ता बढ्नेछ, घरमा बस्न मन नलाग्ने, समय खराब छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – मानसिक शान्ति मल्ने, नयाँ ठाउँको भ्रमण, आफ्नै पेशाप्रति सन्तुष्टि, सबै काम सजिलै सम्पन्न हुनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – गरेको प्रयास अर्थहिन हुनेछ, नकरात्मक सोचाइ बढ्ने, पारिवारिक कलहमा वृद्धि हुनेछ सर्तक रहनुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – धन हराउन सक्ने, स्वास्थ्यमा गडबढी आउनेछ, प्रेममा धोका हुन सक्ने, दिन खराब छ चनाखो हुनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आफ्नै मान्छेबाट धोका, यात्रामा सावधानी अपनाउनु पर्ने, दिन खराब रहेको छ सतर्क हुनुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – शत्रुमाथि विजयले घरमा नयाँ चहलपहल, धनलाभ हुने, सबै काममा राम्रो सफलता, समयको शुभ छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – पढाईमा लगनशीलता, धार्मिक क्रियाशीलता बढ्ने, राजनैतिक क्षेत्रमा सफलता, टाढाको मित्रसँग भेटघाट ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – दाजु भाइमा मनमुटाव हुन सक्ने, धन हानिको योग रहेको छ, अपजस आइ लाग्ने, मानसिक असन्तोष दिन खराब छ ।
आजको शुभ, लाभ र अमृत बेला: आज २०७१ साल आश्विन ५ गते आइतबार बिहान ५:५१ बजेदेखि ७:२१ बजेसम्म उद्वेग बेला, बिहानमा ७:२१ बजेदेखि ८:५१ सम्म चर बेला, बिहानमा ८:५१ बजेदेखि १०:२१ बजेसम्म लाभ बेला, बिहानमा १०:२१ बजेदेखि ११:५१ बजेसम्म अमृत बेला, बिहान ११:५१ बजेदेखि दिनमा १:२१ बजेसम्म काल बेला, दिनमा १:२१ बजेदेखि २:५१ बजेसम्म शुभ दिनमा २:५१ बजेदेखि ४:२१ बजेसम्म रोग साँझ ४:२१ बजेदेखि ५:५१ बजेसम्म उद्वेग बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज उत्तर र बिहान ११ बजेपछि पूर्व, उत्तर बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : दिनमा ४:३० बजेदेखि ६:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन