BICITRA KHABAR

BICITRA KHABAR

आजको राशिफल (Today’s Horoscope) | १२ असोज २०७१, सोमवार | 29th Sept -



मेष (चू चे चो ला ली लु ले लो अ)
सोचेका कुराहरु अधुरै रहलान् । मित्रको असहयोग होला । स्वास्थ्य प्रतिकूल रहँदा काम गर्ने जाँगर मरेर आउने छ । पारम्परिक ब्यापारप्रति विश्वास घट्दै जाने छ । पेसा परिवर्तनको योग रहेको छ । परिवारमा किचलो हुने खतरा रहेको छ ।

  वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
आर्थिक मामिलामा परिवारमा मनामोटाव हुनेछ । माया पिरतीका कुरामा सफल बनिने छ । ब्यापार फलदायी हुनेछ । अचानक गुमेको धन पुनः हात पर्ने छ । अरुलाई दोषारोपण गर्नु पूर्व आफ्नो विगत हेर्न न भुल्नु होला । अचानक यात्राको योग रहेको छ ।

मिथुन (का कि कु घ ङ छ के को हा)
आफ्ना सवल पक्ष ओझेलमा पर्न सक्ने छन् । कार्यमा आलोचित बन्नु पर्ला । लक्षित कार्य असफल बन्ने देखिएको छ । स्वास्थ्य प्रतिकूल बन्ला । मेतेरी सम्बन्धमा बाधा आउन सक्ने देखिएको छ । रमाइला प्रसङ्गमा अत्यधिक खर्चको योग रहेको छ ।

 कर्कट (ही हु हे हो डा डि डु डे डो)
भाग्योदयको योग रहेको छ । सोचेको काम पुरा हुनेछ । अचानक ठूलो काममा हात हालिने छ । दिनको पूर्वार्ध आर्थिक मामिलामा केहि कमजोर देखिए पनि अन्त्य सम्बृद्ध हुनेछ । जल यात्राको समय छ । अग्नि कारक बस्तुको भने घात रहेको छ ।

 सिंह (मा मि मू मे मो टा टी टु टे)
कार्यमा अतिरिक्त सफलताको योग छ । अरुको भरमा पर्दा प्रतिफल गुम्ने खतरा रहेको छ । बैदेसिक काम सोचे अनुसारै हुनेछ । डुबेको लगानी फिर्ता आउने छ । मित्रको सहयोगले ठुलो काममा हात लगाइने छ । सवारी साधनको प्रयोगमा भने सावधान रहनु पर्ला ।

 कन्या (टो प पी पु ष ण ठ पे मो)
ब्यापार फलदायी हुनेछ । आपसी व्यवहारका कारण व्यक्तिगत रुपमा लक्षित कार्य अधुरो रहला । केही अपवादलाई छोडेर समग्र दिन शुभ हुने देखिएको छ । कलाकारितामा रम्न मन लाग्ने छ । साहित्य तथा लेखन कार्यमा लागिने छ ।

 तुला (र री रु रे रो ता ती तू ते)
आफूले नगरेको काममा अपजश आउन सक्ने तर्फ सजग रहनु पर्ने बेला आएको छ । गुप्त चिन्ताको कारण पारिवारिक मनमोटाव नै हुनेछ । जलकारक वस्तुको घात हुने समय छ, सावधान रहनु होला । शिक्षा तथा शास्त्रमा त्यति विश्वास हुनेछैन ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
समय अत्यन्तै सकारात्मक भएर आएको छ । खर्चका कुरामा भने पारदर्शी बन्नु होला । सामाजिक कार्यमा खुलेरै लागिने छ । व्यवहार थोरै भएपनि सुध्रदै जानेछ । टाढाको मित्रको सहयोग मिल्ने छ । आत्म विश्वासका साथ काममा लागिने छ ।

 धनु (य यो भा भी भू ध फा ढ भे)
व्यक्तिगत सम्पत्ति गुम्ने बेला छ सावधान रहनु होला । अन्जानमै भएको गल्ति भए पनि माफ पाइने छैन । बिगतका गल्तिको पुनरावलोकन गरेर अघि बढ्ने बेला आएको छ । गुप्त रोग सक्रिय बनेर आउन सक्ने छ । मानसिक रुपमा कमजोर बनिने छ ।


 मकर (जो जा जी खी खू खे खो गा गी)
आत्मिय जनसँग मिलन हुनेछ । रचनात्मक कार्यमा सफलता हात लाग्ने छ । साहसिक कार्यमा तत्पर बनिने छ । आर्थिक कारोवार त्यति संतोषजन नदेखिए पनि दीर्घकालिन सोचका कार्यहरु भने सम्पन्न बन्ने छन् । यात्रा फलदायी रहेको छ । तार्किक क्षमता उच्च रहला ।


कुम्भ (गू गे गो सा सी सु से सो द)
सुखमा बृद्धि हुनेछ । मित्रको सहयोग हुनेछ । वाहन सुख मिल्ने छ । सामाजिक कार्यमा सहभागि बनिने छ । पारिवारिक जिम्मेवारी थापिने छ । धार्मिक कार्यमा मन लाग्नेछ । मनले चिताएको कुरा पूरा हुनेछ । तार्किक क्षमता बढ्ने छ ।

 मीन (दि दू थ भ ञ दे दो चा ची)
सन्तानको मार्गबाट शुभ समाचार सुन्न पाउनु हुनेछ । बिवादित मुद्धाहरू किनारा लाग्ने छन् । अरुको सहयोगमा गरेका कामहरु सम्पन्न हुनेछन् । लामो दुरीका यात्राहरू सम्पन्न हुने छन् । प्रेम सम्बन्ध सफल हुनेछ । सामाजिक काम बन्ने छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More