BICITRA KHABAR

BICITRA KHABAR

सुनको भाउ ५ सयले उकालो लाग्यो

काठमाडौं, आश्विन १० । पछिल्ला दिन ओरालो लाग्दै आएको सुनको भाउ शुक्रबार उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुन तोलामा ५ सयले महंगिएर ५१ हजार ८ सयमा कारोबार भयो ।

अघिल्लो दिन ५१ हजार ३ सयमा कारोबार भएको थियो ।

यसदिन तेजाबी सुन तोलाको ५१ हजार ५ सय ५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको ७ सय ४५ मा स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुनप्रति औंस १२ सय २३ डलरको हाराहारीमा कारोबार भएको थियो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More