BICITRA KHABAR

BICITRA KHABAR

आजको राशिफल (Today’s Horoscope) | १४ असोज २०७१,असोज १५ गते बुधवार


मेष (चू चे चो ला ली लु ले लो अ)
मानसिक शान्ति भएको अनुभव गर्नु हुनेछ । पारिवारिक सुखमा रमिने छ । अध्ययन तथा रचनात्मक कार्यमा सहभागिता हुनेछ । विवादित अभिव्यक्तिबाट भने बच्ने कोसिस गर्नु होला । सन्तान सुख मिल्ने छ । स्वास्थ्य शुभ हुनेछ ।

 वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
समय मध्यम फलदायी रहने छ । स्वास्थ्य असहज बन्दा सोचेको काम अधुरै रहने योग रहेको छ । विवादित कुराहरुले मानसिक अशान्ति हुनेछ । अशुभ समाचारले मर्माहत बनाउने छ । लामो दुरीको यात्रा कष्टकर हुनेछ । आराध्य देवताको ध्यान गर्नाले शुभ हुनेछ ।

 मिथुन (का कि कु घ ङ छ के को हा)
आर्थिक मारमा परिने छ । सोचेको भन्दा ज्यादा खर्च हुँदा पारिवारिक झगडाको सामना गर्नु पर्ने हुनेछ । मानसिक बिचलन चिन्ताको विषय बन्ने छ । गलत व्यक्तिको संगतले प्रतिष्ठा घट्ने खतरा रहेको छ । अनैतिक आरोपहरु लाग्न सक्नेछन् ।

  कर्कट (ही हु हे हो डा डि डु डे डो)
समय पूर्ण फलदायी रहेको छ । सोचेका कामहरु पुरा हुनेछन् । सरकारी काम बन्ने छ । आरोपहरु निराधार सावित हुनेछन् । अरुको भरमा पर्नु पर्ने बाध्यताको अन्त्य हुनेछ । सकारात्मक सोचले कार्यमा उच्च सफलता हात लाग्ने छ ।

 सिंह (मा मि मू मे मो टा टी टु टे)
कार्य क्षेत्रमा आएका अफ़्ठ्याराहरु सहजै किनारा लाग्ने छन् । सामाजिक कार्यमा जिम्मेवारी मिल्ने छ । अचानक धन आगमन हुने योग रहेको छ । आधुनिक सोचमा रामिने छ । धार्मिक सामाजिक कार्यमा सक्रियता बढ्ने छ । यात्रा फलदायी रहने छ ।

 कन्या (टो प पी पु ष ण ठ पे मो)
नसोचेको व्यक्तिबाट सहयोग होला । अकस्मात यात्रामा निस्कनु पर्ने हुनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि छिट्टै आराम मिल्ने छ । दिनको पूर्वार्धमा गरेका कामबाट घाटा हुनेछ । सहयोगका लागि सबैतिरबाट आश्सनहरु पाउनु हुनेछ ।

  तुला (र री रु रे रो ता ती तू ते)
ब्यापार शुभ रहेको छ । एकान्तमा रम्न मन लाग्ने छ । कलाकारितामा गरेको लगानी फाइदा दिनेवाला रहने छ । सकारात्मक कुरामा बिमति नराखेको राम्रो । खेलकुद आदिका क्षेत्रमा पनि मनोवान्छित सफलता हात पर्नेछ ।
 वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
पारिवारिक सम्बन्धमा उतारचढाव होला । आर्थिक कार्यमा सोचे जस्तो प्रतिफल न आउने देखिएको छ । तपार्इंको चरित्रको बारेमा गलत बोल्नेहरुबाट टाढा रहनु पर्ला । सहयोगका कुरामा पनि मित्रहरु टाढनि सक्ने छन् । स्वास्थ्य भने शुभ रहने छ ।

धनु (य यो भा भी भू ध फा ढ भे)
मनमा आत्म विश्वास बढ्ने छ । दीन दुःखीको सहयोग गर्न तत्पर बनिने छ । सामाजिक विसंगतिको बिरुद्धमा केहि गर्ने सोचिने छ । तार्किक क्षमता उच्च रहने देखिएको छ । परीक्षा प्रतियोगिताको परिणाम अनपेक्षित सफलता दिनेवाला रहने छ ।

 मकर (जो जा जी खी खू खे खो गा गी)
आर्थिक कुरामा कमजोर बनिने छ । बनिसकेको व्यवहार गुम्ने खतरा रहेको छ । बोलीको कारण विवादमा परिएला । अरुलाई गरेको कामबाट अपजश मात्र हात लाग्ने छ । धार्मिक कार्यमा अविश्वास जाग्ने छ । वाहन घात हुने योग छ ।

कुम्भ कुम्भ (गू गे गो सा सी सु से सो द)
सहयोगी भावनामा वृद्धि हुनेछ । दिनभर व्यस्तता बनिरहने छ । अरुलार्इं सहयोगका कारण आफ्नो काम ओझेलमा पर्ने देखिएको छ । समय प्रतिकूल रहँदा रहँदै पनि योग्यताका कारण अनुकुल बनाइने छ । काममा अरुको असहयोग रहेपनि अन्त्यमा सफल हुनेछ ।


 मीन (दि दू थ भ ञ दे दो चा ची)
जग्गा जमिनको कारोवार शुभ रहने छ । गाडी वाहन ुसुख प्राप्त हुनेछ । जागीरमा पदोन्नती हुने योग रहेको छ । आर्थिक कारोवार सफल हुनेछ । अरुको भरमा ठुलो काम बन्ने छ । पाटनरसिप कार्यमा भने घाटा बेहोरिने छ । मानसिक शान्ति मिल्ने छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More