BICITRA KHABAR

BICITRA KHABAR

दुवै हात नहुने मानिसले विमान उढाउँछ भन्ने सुन्दा अचम्म लाग्ला तर अमेरिकामा दुवै हात नभएकी एक महिला मज्जाले विमान चलाउँछिन् ।


दुवै हात नभएकी ३१ वर्षीया जेसिका कक्सले आकाशमा विमान उडाएर सबैलाई चकित पारेकी छन् । उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखिएको छ । विमान उडाउन मात्र होइन, दुवै हात भएका अरु मानिसले सरह धेरै काम गर्न सक्छिन् ।
जस्तै कार चलाउन, पियानो बजाउन, खाना पकाउन, भाँडा माझ्न पौडी खेल्न आदि । कम्प्युटर चलाउन, कपाल कोर्न र फोनमा कुरा गर्न उनलाई अरुको सहायता चाहिंदैन । अचम्मको कुरा त के छ भने उनी तेक्वान्दोकी डबल ब्ल्याक बेल्ट हुन् ।
काम गर्दा आफूलाई कुनै अप्ठेरो महसुस नहुने उनको भनाइ छ । शारीरिक सुन्दरताकी धनी ती महिलाले मनोविज्ञानमा स्नातक गरेकी छन् । काम गर्दा उनी दुवै खुट्टाको भरपुर प्रयोग गर्छिन् । उनको जन्मदैखेरि दुवै हात थिएन ।
परिवारले उनको उपचारका लागि कुनै विकल्प बाँकी राखेन । चिकित्सकले उपचार लाग्छ भनेका पनि हुन् ।
धेरै पैसा खर्च भयो तर, उनको हात पलाउन सकेन । त्यसपछि उनले अरुले हातले गर्ने काम खुट्टाले गर्न थालिन् । उनले एक तेक्वान्दो प्रशिक्षकसँग विवाह गरेकी छन् । दाम्पत्य जीवन सुखमय नै छ ।
स्रोत /एजेन्सी /काठमान्डूटुडे बाट
1
2
3
4
5
6
7
8

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More