काठमाडौं, आश्विन ३ । शुक्रबार पनि सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर ५१ हजार ३ सय ५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि तोलामा ४ सय ५० ले कमी आएर ५१ हजार ५ सय ५० मा आइपुगेको थियो ।
यसदिन तेजाबी सुन पनि तोलाको ५१ हजार १ सयमा कारोबार भयो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर ७ सय ७० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय २३ डलरमा कारोबार भएको थियो ।