माइक्रोसॉफ्टले नोकिया १३० र नोकिया १३० ड्यूल सिम लाग्ने दुइओटा फोन भर्खरै लन्च गरेको छ । कम तौल र कम मुल्य भएका यी दुवै फोनको ब्याट्री करीब एक महीना सम्म चल्ने छ । नोकिया १३० र नोकिया १३० ड्यूल सिम मा केवल फरक यत्ति मात्रै छ की १३० मा एक सिम लाग्छ भने १३० ड्यूलमा दुइओटा सिम लाग्ने छ । यो दुइओटै नोकिया फोनमा १.८ इन्चको Qqvga (१२८x१६८ पिकचल डिस्प्ले छ । यो दुवै फोनमा १०२०mAh ब्याट्री लाग्छ । कम्पनीको दाबि अनुसार १३०मा ३६ दिन सम्म स्टेन्डबाइ ब्याट्री टिक्ने छ भने नोकिया १३० ड्यूल सिममा २६ दिन सम्म स्टेन्डबाइ ब्याट्री टिक्ने छ । यो दुइओटै फोनमा ४ ओटा नेविगेशन बटनका साथ फिजिकल कीपैड राखिएको छ । फ्ल्यास लाइटका साथै विडियो प्लेयर, mp3 प्लेयर र एफएम रेडियो रहेको छ । यो फोनमा ३२ जिबी सम्मको माइक्रो-एसडी मेमोरी कार्ड राख्न सकिने छ । यो फोनको लम्बाई , चौड़ाई र मोटाई १०६x४५.५x१३.९ मिलीमीटर रहेको छ । यो फोनको कनेक्टिविटी अप्सनको सन्दर्भमा २ जी, ब्लूटूथ ३.० र माइक्रो-यूएसबी पोस्ट पनि राखिएको छ । कम्पनीले यसको मुल्य १९ यूरो अर्थात (नेपाली करीब २४८०रुपैया) कायम गरेको छ नेपाल सम्म आइपुग्दा यसको मुल्य कम्तिको ३००० पर्ने अनुमान गरिएको छ ।