आजको पञ्चाङ्ग
आज मिति २०७१ साल आश्विन ११ गते शनिबार, तदनुसार सिताम्वर २७ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ । चन्द्रमान अनुसार आश्विनशुक्ल दुर्गा पक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनशुक्ल दुर्गा पक्षको तृतीया तिथि १९ घटि २२ पला अर्थात दिनमा १ बजेर ३९ मिनेटसम्म त्यसउप्रान्त तृतीया चतुर्थी लाग्नेछ । आज सूर्य कन्या राशिमा रहेको छ भने चन्द्रमा तुला राशिमा अहोरात्र रहनेछ । आज दिनमान २९ घटि ५६ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५५ मिनेटमा यम मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ५३ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – एक्कासी आम्दानीमा वृद्धि, राज्यपक्षबाट सहयोग, प्रेम प्रसंग सफल, तार्किक क्षमताको विकास हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – यशकीर्ति बढ्ने, आफन्तबाट सहयोग, नवीन कार्यमा लगानी, व्यापारबाट पर्याप्त मुनाफा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – स्वास्थ्यका एक्कासी समस्या देखा पर्ने, हतियारबाट कष्ट, विरोधी सक्रिय, नास्तिक विचार पलाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – समस्यासंग संघर्ष, पेट रोगले पिरोल्ने सम्भावना, व्यापारमा गिरावट, अशुभ समाचार सुन्नुपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – पारिवारिक सहयोग, उत्साह उमंग पलाउने, व्यापारबाट लाभ, वैयक्तिक प्रभाव बढ्नेछ, समय शुभ रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – कार्यमा व्यावधान आम्दानी घट्ने पारिवारिक किचलो, स्वास्थ्यमा धन खर्च गर्नुपर्ने छ, जोगाउनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – जोखिम कार्य सफल हुने, यात्रा फलदायी, तार्किक क्षमताको विकास, अध्ययनमा सफलता मिल्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मनमा अनावश्यक पीडा, अनावश्यक टक राव हुने, आर्थिक भार थपिने, आफन्तबाट धोका पाइनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – रोजगारीबाट आत्म सन्तुष्टि मिल्नेछ, मित्रसंग भेटघाटको अवसर मिल्न सक्नेछ, सम्मानको अवसर ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, जोसँग पनि विवाद पर्न सक्नेछ, चनाखो हुनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – दुर्घटनाका भय, आफन्तसँग मनमुटाव, शारीरिक पीडा थपिने समय खराब छ, सतर्क हुनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मानहानि हुन सक्नेछ, अनावश्यक झन्झट आइलाग्ने, मन परेको खानमा अवरोध हुने, दिन खराब रहनेछ ।
आजको शुभ,
लाभ र अमृत बेला: आज २०७१ साल आश्विन ११ गते शनिबार बिहान ५:५५ बजेदेखि ७:२५ बजेसम्म काल बेला, बिहानमा ७:२५ बजेदेखि ८:५५ सम्म शुभ बेला, बिहानमा ८:५५ बजेदेखि १०:२५ बजेसम्म रोग बेला, बिहानमा १०:२५ बजेदेखि ११:५५ बजेसम्म उद्वेग बेला, बिहान ११:५५ बजेदेखि दिनमा १:२५ बजेसम्म चर बेला, दिनमा १:२५ बजेदेखि २:५५ बजेसम्म लाभ दिनमा २:५५ बजेदेखि ४:२५ बजेसम्म अमृत साँझ ४:२५ बजेदेखि ५:५५ बजेसम्म काल बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज पश्चिम र दक्षिण बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : बिहानमा ९:०० बजेदेखि १०:३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।