BICITRA KHABAR

BICITRA KHABAR

जापान द्वारा दुइ खुट्टाले हिंड्ने रोबर्ट सार्वजनिक (भिडियो हेर्नुहोस्)

एजेन्सी , आधुनिकता अनी विद्युतिय विकास दिनदिदै वढ्दो छ । जापानको प्रतिष्ठित विष्वविद्यालय इशिकावा वातानाबे लाईबोरेटोरी अफ द ग्राजुएट स्कुल अफ इन्फर्मेसन साइन्स एण्ड टेक्नोलोजी दुइ खुट्टाले हिंड्ने एक रोबर्ट हालै मात्र सार्वजनिक गरेको छ । “अचिरेस” नाम दिइएको यस रोबर्ट अरु रोबर्टमा दुइ खुट्टाले हिँडडुल गर्नका लागि प्रयोग गरिने “जेटएमपी” जेरो मोमेन्ट पोइन्ट कन्ट्रोल बिना नै हिँडडुल गर्न सक्दछ | तर एक घण्टामा ४.२ किमि हिंड्न सक्ने यस रोबर्ट हाल परिक्षणमा रहेकाले यसको पछाडी एक सिसि क्यामेरा राखिएको छ | मात्र एक सेकेन्डमा ६ पाइला चाल्न सक्ने यस रोबर्ट खुट्टाहरु मात्र १४ सेमीका छन् | १४ सेमी मात्र खुट्टा भएर पनि यस रोबर्टले हालसम्म मानिसले १०० मिटरको दौडमा चलेको प्रति सेकेन्ड ५ पाइलाको रेकर्डलाई तोडेको छ | संचालन गर्नका लागि सिसि क्यामेरा राखिएको यस रोबर्टले गरेको यात्रालाई मापन गर्नका लागि यसमा एक मापन यन्त्र समेत जडान गरिएको छ |

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More