BICITRA KHABAR

BICITRA KHABAR

सुनको मूल्य घट्यो

काठमाडौं । यो साता सुनको मूल्यमा निरन्तर ओरालो लागेको छ । साताभरीको नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैंया घटेको हो ।

आइतबार प्रतितोला ५३ हजार ६ सय रुपैंयामा कारोवार भएको सुनको मूल्य शुक्रवार प्रतितोला ५२ हजार ६ सय रुपैंयामा कारोवार भयो ।

सोमबार अघिल्लो दिनको तुलनामा १ सय रुपैंयाले गिरावट आई सुन प्रतितोला ५३ हजार ५ सय रुपैंयामा कारोवार भयो ।

यस्तै मंगलबार ५३ हजार ४ सय रुपैंयामा कारोवार भएको सुन बुधबार ५२ हजार ८ सय रुपैंयामा कारोवार भयो ।

अमेरिकी अर्थतन्त्र आशातित भन्दा बढी सुढृढ हुँदै अमेरिकी डलर १३ महिना यताकै बलियो स्थितिमा पुगेपछि सुरक्षित लगानीको बिकल्प मानिएको सुनको मागमा विश्वव्यापी रुपमा कमी देखा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More