विमानस्थल सुधार्न अमेरिकाको साढे ४ करोड सहयोग
2:41 PM
Unknown
१५ मंसिर, काठमाडौं । जिर्ण अवस्थामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्न अमेरिकी सरकारले ४ लाख ६२ हजार डलर सहयोग उपलब्ध गराउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र काठमाडौंस्थित अमेरिकी दूतावासको अफिस अफ् डिफेन्स को-अपरेशनले विमानस्थल सुधार परियोजनाको कार्यान्वयनसम्बन्धी सहमतीपत्रमा हस्तारक्षर गरेका छन् ।प्राधिकरणसँगको साझेदारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दुर्घटना, अग्नी तथा उद्धार
स्टेशनलाई भूकम्प प्रतिरोधात्मक बनाउन सबलीकरण (रेट्रोफिट) कार्यका लागि अमेरिकाले उक्त सहयोग उपलब्ध गराउने भएको हो । अमेरिकी सेनाको कोर अफ् इन्जिनियर्सले स्थानीय ठेकेदारहरुसँगको सहकार्यमा डिजाइन तथा निर्माणसम्बन्धी सेवाहरु उपलब्ध गराउने सहमती पत्रमा उल्लेख गरिएको छ ।सन् २०१४ को जनवरीमा सुरु हुने परियोजना भूकम्प प्रतिरोधात्मक कार्यक्रमअन्तर्गत त्रिभुवन विमानस्थलको संरचना सुधारको वृहत योजना अन्तर्गत पर्ने बताइएको छ । उक्त सहयोगबाट विमानस्थलको टावर, प्ल्याटर्फम तथा धावनमार्गजस्ता संरचनाहरुको भूकम्पीय क्षेति न्यून गर्न नेपाल सरकारलाई सहयोग पुग्नेछ ।
स्टेशनलाई भूकम्प प्रतिरोधात्मक बनाउन सबलीकरण (रेट्रोफिट) कार्यका लागि अमेरिकाले उक्त सहयोग उपलब्ध गराउने भएको हो । अमेरिकी सेनाको कोर अफ् इन्जिनियर्सले स्थानीय ठेकेदारहरुसँगको सहकार्यमा डिजाइन तथा निर्माणसम्बन्धी सेवाहरु उपलब्ध गराउने सहमती पत्रमा उल्लेख गरिएको छ ।सन् २०१४ को जनवरीमा सुरु हुने परियोजना भूकम्प प्रतिरोधात्मक कार्यक्रमअन्तर्गत त्रिभुवन विमानस्थलको संरचना सुधारको वृहत योजना अन्तर्गत पर्ने बताइएको छ । उक्त सहयोगबाट विमानस्थलको टावर, प्ल्याटर्फम तथा धावनमार्गजस्ता संरचनाहरुको भूकम्पीय क्षेति न्यून गर्न नेपाल सरकारलाई सहयोग पुग्नेछ ।
नेपाली जनता लाई खुशी को खबर टेलिकमले निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने
8:42 AM
Unknown
काठमाडौ, मंसिर १५ - नेपाल टेलिकमले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा करिब तीन महिनाका लागि निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने भएको छ ।सामाजिक दायित्वअन्तर्गत टेलिकमले पहिलो चरणमा राजधानीका विभिन्न स्थानमा ‘हटस्पट’ जडान गरी पहिलो चरणमा तीन महिना निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो ।टेलिकमले त्यसखालको सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु गरिसकेको छ भने वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महारजगन्जलगायतका स्थानमा पनि सो सेवा उपलब्ध भइसकेको छ ।यस्तै गङ्गालाल हृदय रोग केन्द्रमा पनि त्यसखालको सुविधा उपलब्ध गराउने तयारी गरिएको छ ।टेलिकमले यस वर्ष मुलुकभर करिब ५०० स्थानमा हटस्पट जडान गरी वाइफाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । नागरिकको धेरै आवतजावत हुने स्थानमा पहिलो चरणमा त्यसखालको सेवा दिन लागिएको हो ।टेलिकमका उपप्रबन्धक देवेन्द्र खतिवडाका अनुसार नागरिकको भेटवार्ता बढी हुने स्थानमा पहिलो चरणमा निःशुल्क वाइफाई सेवा प्रदान गरिने छ ।टेलिकमले अस्पताल, रेष्टुराँ, विमानस्थल, पार्क सपिङ मल, बसपार्क पर्यटकको आवतजावत हुने स्थानमा त्यसखालको सेवा उपलब्ध गराउन लागेको हो ।टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले सामाजिक दायित्व र कम्पनीको व्यापार विस्तार गर्ने ध्येयका साथ ग्राहकलाई यसखालको सुविधा दिन लागिएको बताइन् । डाटा सेवाको पहुँच बढाउन यसखालको कार्यक्रम अगाडि सारिएको टेलिकमको भनाइ छ ।राजधानीका अन्य स्थानमा पनि काठमाडौँ महानगरपालिकाको सहयोगमा त्यसखालको सेवा उपलब्ध गराइने छ ।यसखालको सेवा ग्राहकले मोबाइल फोन, स्मार्टफोन, आइप्याड, ल्यापटपलगायतका साधनमा चलाउन सक्ने छन् । हाल टेलिकमले एडिएसएल, वाइम्याक्स, इभिडिओमार्फत इन्टरनेट सुविधा प्रदान गर्दै आएको छ । रासस
-
युएर्इलार्इ हराउँदै नेपाल तेस्रो बन्न सफल
8:34 AM
Unknown
१५ मंसिर, काठमाण्डौं । टी-ट्वान्टी विश्वकप छनोट क्रिकेटको तेस्रो स्थानका लागि भएको खेलमा नेपालले घरेलु टिम युएर्इलार्इ ५ विकेटले पराजित गरेको छ । १ सय ३२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले शरद भेसवकारको अविजित ४३ रनको मद्दतमा जित निकालेको हो । नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।नेपालका लागि हङकङविरूद्द विजयी रन बटुलेका मध्यक्रमका व्याटसम्यान शरद भेसवाकरले ३ चौकार ३ छक्कासहित अविजित ४३ रन बनाए । त्यस्तै ओपनर सुवाश खकुरेलले ३ चौकासहित ३८ रन जोडे भने ओपनर सागर पुनले १९ रन बनाए । अनिल मण्डल १३ रनमा अविजित रहे । त्यसैगरी ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए भने कप्तान पारस खड्काले २ रन मात्र जोड्न सके । अर्का व्याट्सम्यान विनोद भण्डारी डकआउट हुनपुगे ।
युएर्इ विरूद्दको खेलका म्यानअफ द म्याच बसन्त रेग्मी ट्रफीका साथ हारको नजिक पुगिसकेको नेपाललाई आज पनि शरदले उद्धार गरे । कप्तान पारस खड्कालाई २ रनमा गुमाएपछि क्रिजमा आएका भेसवाकर आजको युएईविरुद्धको खेलमा पनि नायक सावित भए । भेसवाकरले नेपाललाई जितको लागि ६ बलमा ११ रन चाहिएको अवस्थामा अन्तिम ओभरको दुईबलमा छक्का हानेपछि नेपालले ४ बल बाँकी छादै लक्ष्य भेटाएको हो ।यसअघि टस हारेर पहिले व्याटिङमा उत्रेको युएर्इका लागि अब्दुल साकुरले सर्वाधिक २८ रन बनाए । उनलाई बसन्त रेग्मीको बलिङमा अनिल नेपालका लागि बसन्त रेग्मीले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर ४ विकेट लिए भने महंगा सावित भएका अर्का स्पिनर शक्ति गौचनले ३ ओभर बलिङ गर्दै ३१ रन खर्चेर १ विकेटमात्र लिए । आजको खेलमा नेपालका लागि ४ विकेट लिएका बसन्त रेग्मी म्यानअफ द म्याच घोषित भए । बलिङतर्फ युएईका कम्रन शाहजादले दुई तथा सहदीप शिल्भा, अम्जद जाभेद र रोहन मुस्तफाले एक एक विकेट लिए ।सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो भने आयरल्याण्डले यूएईलाई हराएको थियो । उपाधिका लागि आजै अफगानिस्तान र आयरल्याण्ड भिड्दैछन् ।
नराम्रो भएकै कारण हत्यारा बन्न पुगिन् किशोरी तर कसरि ?
3:50 AM
Unknown
मंसिर १४– सबै मानिसहरुले आफ्नो सुन्दरताको वर्णन गरेको सुन्न पक्कै पनि मन पराउने गर्छन् । तर कोही मानिसको बाहिरी बनावट आकर्षक छैन भने के नै गर्न सकिन्छ र ? क्रेजी न्युजको खबर अनुसार अमेरिकामा वर्जीनियाको एक महिलाले आफुलाई नराम्रो भनेका कारण एक व्यक्तिको हत्या गरेकी छिन् ।
बारबरा बैक्स नाम गरेको यस महिला माथि हत्याको आरोप रहेको छ । बैक्स आफ्नो साथीको घरबाट बाहिर निस्केको समयमा एक व्यक्तिले उसलाई धकालेर नराम्रो भनी पटक पटक जिस्काएको पनि बताइएको छ । बैक्सलाई लगातार नराम्रो भनी जिस्काउँदा उसले सहनै नसकी साथीको घरबाट चक्कु लिएर आएकी थिइन ।
चक्कु लिएर उनले ती व्यक्तिको हत्या गरेकी हुन् । बैक्सले प्रहरी सामु आफ्नो अपराध पनि स्वीकार गरेकी छिन् । ( एजेन्सीको सहयोगमा )
source : kalika F.M
शुक्रबार २८ जना यात्रु लिएर उडेको विमान बेपत्ता
2:41 AM
Unknown
१५ मंसिर, मोजम्विकमा २८ यात्रु र ६ चालक दलका सदस्य सहित उढेको विमान बेपत्ता भएको छ। मोजाम्विक एअरलाइन्सको विमान अंगोलातर्फ जाँदै थियो विमान कम्पनीले जनाए अनुसार विमान शुक्रवार नेपाली समय अनुसार ३ बजेर ११ मिनेटमा उडेको थियो।
विमान अंगोलाको राजधानी लुआंदा साझ ६ बजेर ५५ मिनेटमा पुग्नु पर्ने थियो। तर विमान लुआंदा पुगेको छैन्।विमान कम्पनी प्रारम्भीक सुचनका आधारमा विमान बोत्स्वाना र अंगोलाको सिमामा पर्ने नामिबियाको रुदु क्षेत्रमा नजिक खसेको अनुमान गरेको छ। हाल विमानको खोज तलाश जारी। - एजेन्सी
source : namastedang.com
मृत घोषित बच्चा रोएपछि…
2:34 AM
Unknown
चीनको एक अस्पतालमा मृत घोषित एक बच्चा दुई दिनपछि बोलेपछि उपचार गर्ने डाक्टर फसादमा परेका छन् । डाक्टरले बच्चालाई मृत घोषित गरेको दुई दिनपछि अन्तिम संस्कारका लागि तयारी गर्दै गर्दा बच्चा रोएको हो ।
गत हप्ता सोमबार हेफेईमा रहेको अन्तिम संस्कार स्थलमा बच्चालाई पुर्नै लाग्दा बच्चा रोएको आवाज मलामीले सुनेका थिए । यो घटनापछि प्रशासनले अस्पतालका डाक्टरविरुद्ध कारबाही सुरु गरेको छ । अस्पतालले गल्ती गर्ने डाक्टर पत्ता लागिसकेको बताएको छ । उनको लाइसेन्स पनि खारेज गरिसकेको छ । मृत घोषित बच्चाको अवस्था अहिले पनि गम्भीर छ । जन्मँदै श्वासप्रश्वाससम्बन्धी रोग लागेको उक्त बच्चालाई प्रोभेन्सिलय बाल अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि एक डाक्टरले बच्चालाई मृत घोषित गरेका थिए ।
शार्लिनको कामसूत्र थ्रीडी (फोटो फिचर सहित)
11:42 PM
Unknown
मंसिर १४, बलिउडकी हट अभिनेत्री शर्लिन चोपडा यतिबेला कामुक फिल्म ‘कामसूत्र थ्रीडी’ का कारण निकै चर्चामा छिन् । हालै मात्र यस फिल्मको अढाई मिनेटको ट्रेलर रिलिज गरिएको छ ।यस फिल्मको ट्रेलरमा शर्लिन निकै कामुक अन्दाजमा प्रस्तुत भएकि छन । शर्लिन आफ्नो यो फिल्मबाट आफ्ना प्रसंशकलाई खुसी पार्ने मुडमा रहेकी छिन् । त्यसैले शर्लिनले यो फिल्मबाट ठुलै अपेक्षा गरेकी छन् ।मीरा नायरको चलचित्रमा जहाँ रेखा कामसूत्र कलाका बारेमा मानिसहरुलाई जानकारी दिँदै देखा परेकी थिइन् त्यही यसपटक शर्लिन स्वयम सेक्स पोजिसनका बारेमा आम दर्शकलाई अवगत गराउँदै देखा पर्ने भएकी हुन् ।
यी शर्लिन पहिलोपटक यसप्रकारको भारतीय मोडल हुन् जसले वयस्कहरूको म्यागेजिन प्लेब्वाइका लागी नग्न तस्वीर खिचाएकी थिइन् ।शर्लिनका अनुसार नाङ्गो हुनु या कामसूत्र जस्ता फिल्ममा काम गर्नु कुनै अश्लिलता होइन । बरु हेर्नेको नजरमा निर्भर रहन्छ कि हेर्नेले कुन कुरालाई कसरी लियो । शर्लिनले यो फिल्ममा कामदेवीको भूमिका निर्वाह गरेकी छन् ।अब यस फिल्म प्रदर्शन पछि शार्लिनको चर्चा कहाँसम्म पुग्ने हो त्यसका लागी भने केही समय कुर्नेपर्ला ।
एजेन्सी
२१ महिलालाई ११ बर्षको जेल सजाँय
11:32 PM
Unknown
कायरो, १४ मंसिर- इजिप्टको एक अदालतले अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीको समर्थन गर्ने २१ महिलालाई ११ बर्षको जेल सजाँय सुनाएको छ ।सजायँ सुनाईएका सबै महिलालाई चरमपन्थी समूहसंग सम्बन्ध राखेको, यातायातमा बाधा पु-याएको र गत महिना इजिप्टको अलेक्जिेन्ड्रिया शहरमा तोडफोडमा संलग्न भएको आरोपमा दोषी ठहयाईएको छ ।ती मध्य सात महिला १८ बर्ष कम उमेरका भएकाले उनीहरुलाई जुविनाईल जेलमा पठाईएको बिबिसीले जनाएको छ ।मानवअधिकारवादी संगठनहरुले अदालतको उक्त फैसलाप्रति कडा आपत्ती जनाएका छन् । एक मानवअधिकारवादी कार्यकर्ताले उक्त फैसलालाई पागलपनको उपज भएको समेत बताएका छन् ।महिलाका आफन्तहरुले भने ती महिलाहरु सेभेन एएम मुभमेन्ट नामक एक समूहले आयोजना गरेका एक प्रदर्शनमा शान्तिपूर्ण रुपमा सहभागिता जनाएको बताएका छन् ।
रक्सी पिए पछि दीपिकासँग निर्देशकले गरे यस्तो हर्कत हेर्नुहोस (फोटो फिचर सहित)
11:26 PM
Unknown
(एजेन्सी) बलिवुडका निर्देशक होमी अडजानियाले बिहिबार आफ्नो आउँदो चलचित्र ‘फाइन्डिङ्ग फैनी’ को शुटिङ सकिएको खुशियालीमा एउटा पार्टी आयोजना गरेका थिए । उक्त पार्टीमा चलचित्रकी मुख्य नायिका दीपिका पादुकोणसहित बलिवुडका अन्य कलाकारहरुको उपस्थिति थियो । होमीले नै दीपिका र सैफअलि खान अभिनित चलचित्र ककटेलको निर्देशन गरेका थिए ।
दीपिका पनि यो पार्टीमा निकै राम्री भएर आएकी थिइन् तर सायद कसैले पनि सोचेका थिएनन् कि उनले यो पार्टीबाट मुड खराब गरेर जानुपर्छ भनेर । आखिर किन भयो त दीपिकाको मुड खराब ?
यो कुराको खुलासा पार्टीमा उपस्थित एक पाहुनाले गरे । उनले बताए, ‘आयोजक भएकाले होमी पार्टी स्थलमा निकै चाँडै आइपुगेका थिए । त्यहाँ पुग्ने बित्तिकैदेखि होमीले रक्सी पिउन थालेका थिए । जब त्यहाँ अन्य कलाकारहरु आउन थाले होमी निकै मात्तिसकेका थिए । दीपकालाई रिसिभ गर्न पनि उनी यसरी मात्तेकै अवस्थामा गेटसम्म पुगे ।’ उनी भन्छन्, ‘त्यतिबेला दीपिका निकै राम्री देखिएकी थिइन् र उनलाई देख्ने बित्तिकै होमीले किस गर्न थाले । त्यतिबेला धेरै क्यामेराहरुले यो तस्विर कैद गर्दै थिए । यसले दीपिकाले निकै असहज महसुस गरिरहेकी थिइन् । भिड धेरै भएकोले उनले त्यहाँ त्यति धेरै प्रतिक्रिया देखाइनन् ।’
त्यस पार्टीमा उपस्थित अन्य सुत्रका अनुसार दीपिका होमीको यो व्यवहारबाट निकै रिसाएकी थिइन् । उनी पार्टी अवधिभर होमीबाट टाढा बस्न खोजेकी थिइन् । तर रक्सीको नसामा रहेका होमी उनलाई छोड्ने पक्षमा नै देखिएका थिएनन् ।
source : ratopati.com
दोस्रो विश्वयुद्धको घाउ : डिनाको मनले अझै पाएन शान्ति
11:19 PM
Unknown
मैले लामो समय इजरायल बसाईका क्रममा देखेका केही अनुभव यहाँ उल्लेख गर्दैछु । जब म इजरायल आएँ, विस्तारै ईजरायलमा धेरै मानिसहरुसँग चिनजान बढ्दै गयो । दोस्रो विश्वयुद्धपछि धेरै देशका यहुदीहरु आएर ईजरायलमा स्थापित भएका रहेछन् । मैले केयर सेन्टरमा काम गर्ने भएकाले धेरै ज्येष्ठ नागरिकसँग भेट भयो । उनीहरुले जीवनकालमा विभिन्न देशमा भोगेका अनुभवहरु मसँग सेयर गर्दथे । उनीहरुले जीवनभरि भोगेका कुराहरु सविस्तार मलाई बताउँदै जाँदा एक किसिमको आनन्दको अनुभूति हुन्थ्यो ।
लेखक
यद्यपी उनीहरुले भोगेका पीडा सुन्दा कता कता आफ्नो पनि आङ्ग सिरिङ्ग हुन्थ्यो । फरक फरक देशबाट आएका व्यक्तिहरुले फरक फरक किसिमको अनुभवहरु बताईरहदा मलाई तमाम नया कुराहरु जान्ने अवसर त छदै थियो, त्यसका साथै सजीव ईतिहास आफ्नो अगाडी छर्लङ्ग भएर पोखिएको हो कि भन्ने पनि लाग्थ्यो । म पनि निकै रुची राखेर सोधी रहन्थे । मलाई सधै बृद्ध बृद्धाको क्लब जानु पथ्र्यो । आफूमा नम्र स्वभाव भएकोले होला मैल धेरै व्येष्ठ नागरिकहरुसँग चाँडै जिनजान गर्ने अवसर पनि पाए । मेरो त्यो रोजगारी पनि थियो ।
एकातर्फ बिहान सधै क्लब जानु पर्दा मलाई ईतिहास सिक्ने मौका मिल्थ्यो भने अर्को तर्फ म आफ्नो बाल्यकाल सम्झदा भावविह्ल पनि हुन्थे । सानोमा स्कुल गएको सम्झना आउथ्यो । क्लबमा पनि हरेक पिरियड छुटदा अर्को पिरियड सुरु हुन्थ्यो, जसले मलाई बाल्यकालमा स्कुल गएको सम्झना ताजा पनि गर्दथ्यो । हरेक साता क्लबाटै धेरै ठाउँ घुम्न जानु पर्दा अझ रमाईलो हुन्थ्यो, त्यसले मलाई स्कुले जीवनमा बनभोज गएको याद पनि दिलाउथ्यो । त्यसै बेला डिना नामकी एक बृद्ध आमालाई केयर गर्ने मौका मिल्यो । डिनासँग मेरो करिब दुई वर्षको बसाइ भयो । उनी दोस्रो विश्वयुद्धको प्रत्यक्ष अनुभवी थिईन । डिनाका सात दाजुभाइ दिदीबहिनी रहेछन् । सन् १९३७ तिरको कुरा हो, जब जर्मनमा जातीय तथा धार्मिक द्वन्द्व भयो अनी यहुदीहरु मार्नको लागि हिट्लरले आफ्ना सैनिकहरु परिचालन ग¥यो , त्यसबेला डिनाको उमेर १३ वर्षको मात्र रहेछ । डिना ८ क्लासमा पढ्दै रहिछन, एक दिन राती गाडीमा आएका जर्मन सैनिकहरुले डिनाको आँखा अगाडी सबै परिवारलाई विभत्स हत्या गरेर डिनालाई मात्र बाकी राखेछन । अनी सैनिकहरुले जबर्जस्त डीनालाई लिएर गएछन । द्वन्द्व करिब सात वर्ष लगातार चल्यो । ६0 लाख यहुदीहरुको विभत्स हत्या भयो । डिनाले सधै म सँग गहभरी आसु पारेर त्यो द्वन्द्व अवधिभर भएका कहाली लाग्दा र तिता अनुभव सुनाई रहन्थिन । म भावुक बनेर सुनिरहन्थे । उनले सविस्तार बताई रहदा आफैले पनि त्यो द्वन्द्व भोगी रहेको छु की भन्ने भान पनि हुन्थ्यो । जब डिनालाई जर्मन सैनिकले साथमा लगेर गए, त्यसपछि सैनिकले जे जे भने त्यो मान्नु पर्दथ्यो रे । उनीहरुले यौन शोषणदेखि श्रम शोषणसम्मका सबै शोषणहरु खेप्नु पर्दथ्यो । दिनमा दुई पिस पाउरोटी मात्रै दिएर दिनभरी काममा लगाईदो रहेछ । धेरै पटक काम गर्न नसक्दा डिनाले पटक पटक त कोर्रा खाएर बसेकी थिईन । अहिले पनि डिनाको शरीरमा त्यसबेला खाएका कोर्राहरुका निलडाम देखिन्छन । उनका निलडाम हेर्दा सधै आफ्नो आङ पनि सिरिङ्ग सिरिङ्ग हुन्थ्यो । कयौ दिनहरु भोक भोकै बसेर शोषणमा परेको उनले बताउँथिन् । डिनाका आँखा अगाडी परिवारको बिभत्स हत्या भएको र जर्मन सैनिकको शोषणमा परेका डिनाका ७ वर्षका कथाहरु यहाँ उल्लेख गर्न चाहेर पनि उल्लेख गर्न सकिन्न । डिना हरेक दिन रुन्थिन मलाई तिता कथाहरु बताइरहन्थिन । आफन्तको वियोगमा उनले तडपिएर आँखामा आँसु बगाईरहँदा कता कता नेपालमा चलेको सशस्त्रद्वन्द्वले १५ हजार नेपालीको हत्या भएको घटना स्मरण गराउँथ्यो । उनी भन्थिन्, ‘मैले जति बिर्सन खोज्दा पनि बिर्सन सक्दिन, आज युद्ध ईतिहास बनेको छ तर मनमा शान्ति मिलेको छैन ।’
शान्ति भएको ६५ वर्र्ष भन्दा बढी भइसक्यो, तर पनि डिनाका ति युद्धका घाऊहरु अझै ताजा छन् । डिना त युद्धकी एक प्रतिनिधि मात्र हुन् डिना जस्ता अनगिन्ती मानिसले अहिले पनि त्यो पीडा बिर्सन सकेका छैनन । त्यस बेला केहि यहुदीहरु जमिनमुनि सुरुङ खनेर सुरुङमै बसेर ज्यान जोगाउन सफल भएका रहेछन् । कयौ यहुदीहरुलाई महिनौ बन्दी बनाई भोकभोकै सुकेको लौरो जस्तो पारेर मारेका रहेछन् । कयौ यहुदीहरु भागेर विभिन्न दशमा विस्थापित भएका रहेछन , लाखौको संख्यामा यहुदीहरु मारिए, चरम हत्या भएको रहेछ । नेपालमा एउटा युद्धले १५ हजारको ज्यान लिएको छ । फेरि जातीय द्वन्द्व अघि सारेर नेताहरु देशमा भयाभव संकटको दिशातिर अघि बढ्न खोजिरहेका छन् । यदि हामीले संसारका कयौ पाठहरु सिक्दै समुन्नत नेपालको परिकल्पना गर्ने हो भने संसारकै सुन्दर अनि सानो मुलुकले आगामी केही वर्षमै धेरै प्रगति गर्न सक्छ । तर बिडम्बना मानिसको रगतमा होली खेल्न रमाउनेहरुले सहजै देशलाई शान्तिपूर्ण ढंगले अगाडि बढ्न कहाँ देलान् र ?
source : dhartiaawaj.com
चीनद्वारा विवादित टापुको रक्षाका लागी युद्धक विमान तैनाथ
12:24 PM
Unknown
काठमाडौं, मंसिर १४, चीनले आफ्नो नियन्त्रणमा रहेको भन्दै हालै मात्र घोषणा गरेको हवाई रक्षा क्षेत्रमा युद्धक विमानहरुको तैनाथी गरेको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाको एक समाचार अनुसार एअर फोर्सका प्रवत्ता कर्णेल शेन जिन्केलाई उदृत गर्दै भनिएको छ कि फाइटर जेट र खतराको सूचना दिने एअर क्राफ्टहरु उक्त विवादित क्षेत्रमा पठाइएको छ ।
चिनले प्रत्याक्रमणका सबैखाले आकस्मिक उपायहरु अवलम्बन गरिने पनि प्रष्ट गरेको छ । बीबीसीले भने चीनले दावी गरेको उक्त क्षेत्रमा जापान, दक्षिण कोरिया र अमेरिकासमेतले अघोषित रुपमा जहाज उडाएपछि पूर्वी चिनियाँ सामुन्द्रिक क्षेत्र तनावमा फसेको हो । बिहिबार मात्र जापानी सरकारका प्रवक्ताले आफ्ना जहाजले नियमित निगरानी अन्तर्गत पूर्वी चिनियाँ समुन्द्रिक क्षेत्रमा जहाज उडाएको जनाएका थिए । दक्षिण कोरियाको रक्षा मन्त्रालयले पनि उक्त क्षेत्रमा उडान भरेको जनाएको थियो । जापानीहरूले ‘सेन्काकु’ र चिनियाँहरूले ‘दिआया’ भनिने उक्त विवादित टापु क्षेत्रलाई चीन, जापान, दक्षिण कोरिया र ताइवानले आ–आफ्नो भएको दाबी गर्दै आएका छन् ।
source : medianp
‘सिरियामा २०११ को मार्च यता ६ हजार महिला बलात्कारको शिकार’
12:07 PM
Unknown
दमस्कस, मंसिर ११ । सिरियामा राष्ट्रपति बशार अल असादको शासन विरुद्धको संघर्षका क्रममा हजारौं महिला बलात्कृत भएको रिपोर्ट सार्वजनिक भएको छ ।
द युरोपियन मेडिटेरानियअन ह्युमन राईटस् नेटवर्क नामक संस्थाका अनुसार सन् २०११ को मार्च यताको संर्घषका कारण सरकारी सेना र सशस्त्र समूहबाट करिब ६ हजार महिला बलात्कारको शिकार भएका बीबीसीले जनाएको छ ।यस्ता बलात्कृत महिलाहरुलाई समाजले कलंकका रुपमा हेर्ने र उनीहरुलाई घरबाट समेत निकालिदिने गरिएको रिपोर्टमा उल्लेख छ । संस्थाका अनुसार युद्धको समयमा महिला र उनीहरुका छोराछोरीलाई मानव ढालका रुपमा समेत प्रयोग गरिएको छ ।यस्तै, आफ्ना पक्षकालाई छुटाउन महिलाहरुको अपहरण गरिने अपराधको प्रकृति अनुसार महिलाहरु बदला दिइने माध्यम समेत महिलालाई बनाइने गरिएको जनाइएको छ ।सिरियामा गृहयुद्धका कारण १ लाख मानिस मारिएको र २० लाख मानिसले शरणार्थीका रुपमा मुलुक छाडेको अनुमान छ ।
source : imagechannels.com
कुखुराको कथा र नेपाली महिलाको यौन जीवन : कल्पना खरेल
11:30 AM
Unknown
हाम्रो नेपाली समाजमा महिला र पुरुषबीचको सम्बन्धको बिषय बस्तुमा केन्द्रित रहेर केही नारी संवेदनशीलतालार्इ अलि पृथक शैलीमा उजागर गर्दैछु । सबैभन्दा पहिले उदारणका लागि एउटा छोटो कथा प्रस्तुत गर्न गहिरहेको छु– एकादेशमा एकजना राजा थिए, राजाकी एउटी छोरी राजकुमारी थिइन्, राजकुमारीले धेरै लामो समयसम्म विवाह गर्न नमानेपछि राजाले बिभिन्न बिद्वानहरुसँग परामर्श गरे । बिद्वानहरुले धेरै लामो अनुसन्धान गरेपछि पत्ता लाग्यो– राजाको घरमा कुखुरा पालिएको रहेछ । जहिले पनि कुखुराको भाले पोथीलाई लखेटीलखेटी सम्भोग गथ्र्यो । त्यो देखेर राजाकी छोरीलाई मनमा वितृष्णा जाग्यो । त्यसैलाई देखेर उनलाई विवाह गर्ने ईच्छा हरायो । उनले विवाह गर्न मानिनन् । उनको मनमा लाग्यो– यी भाले जातिहरू पोथीलाई यस्तै दुःख दिने रहेछन् ।
त्यसपछि बिद्वानहरूले राजालाई घरमा परेवा पाल्न सल्लाह दिए । राजाले कुखुरालार्इ हटाएर घरमा धेरै परेवा पाले । त्यस पछि सधै ती परेवाका जोडीको एकअर्काप्रति प्रेम स्पर्स देखेर राजकुमारीलाई विवाह गर्ने रहर जाग्न थाल्यो । र, उनले विवाह गर्ने ईच्छा प्रकट गरिन । धेरै महिलाहरुको असन्तुस्टि र नारी संबेदनशीलताको बिषयमा राम्रो ज्ञान नहुँदा तथा बुझ्न नसक्दा हाम्रो नेपाली समाजमा पनि राजाकी छोरीलाई जस्तै धेरै महिलालाई विवाह र यौनप्रति वितृष्णा जागेको हुन सक्छ !
यौन शिक्षा तथा ज्ञानको कमि हुनुको कारण महिलाहरु के चाहान्छन् ? कस्तो किसिमको व्यवहार गर्नु पर्छ ? भनेर महिलाका कोमल भाबनालार्इ बुझ्न पुरुषले कोसिस गरेको पाइँदैन । हाम्रो समाजमा अधिकांश पुरुषहरुले आफ्नो खुसीलाई मात्र प्राथामिकता दिएको पाइन्छ । नेपाली समाज २१औं सताब्दीमा आइपुग्दा अझै पनि २० प्रतिशत महिला पूर्ण रुपमा आफ्नो जीवन साथीसँग खुसी छन् भने ८० प्रतिशत महिलाहरु अझै पनि यौन र मायाममताका कुरामा असन्तुस्ट छन् ।
हाम्रो नेपाली संस्कारले महिलालार्इ दबाएर राखेको हुनाले अर्थात् महिलाहरु लजालु स्वभाबका हुनुको कारणले पनि उनीहरुले आफ्ना ईच्छा तथा मनका चाहनालाई कुण्ठाएर राखेका हुन्छन् । उनीहरुले आफ्नो जीवन साथीसँग सम्पूर्ण आफ्ना भाबना र चाहनालार्इ खुलेर प्रकट गर्न सकिरहेका हुदैनन् । यौन चाहनाका विषयमा पनि पुरुषले जसरी व्यक्त गर्न सक्छन्, महिलाले त्यसरी व्यक्त गर्न सकिरहेका हुँदैनन् । जीवन संगिनीलाई खुसी बनाउने तरिका पुरुषले अपनाइरहेका हुँदैनन् ।
महिलाहरु जहिले पनि प्रसंशाको भोका हुन्छन्, रुपको होस् या गुणको होस् । खुलेर आफ्नो श्रीमान्ले प्रसंशा गरिदिएमा महिला अति नै प्रफुल्ल हुन्छन् । कुनै पनि कपडा लगाउँदा होस् या मेकअप गर्दा तिमी कति सुन्दरी देखिएकी भनेर आफ्नो श्रीमानले खुलेर प्रसंसा गरिदियो भने महिला अझ बढी खुसी हुन्छन् । त्यसैगरी गुणको पनि प्रसंशा गरेर जीवन संगिनीलाई खुसी राख्न सकिन्छ । जन्म दिन होस् या अरु कुनै दिन होस्, बेलाबेलामा सानोतिनो नै किन नहोस् उपहार दिएमा अझ बढी मख्ख बनाउन सकिन्छ । कतिपय पुरुषहरुको बानी मनमा माया भए पनि देखाउन नसक्ने अथवा देखाउन नचाहने हुन्छ । तर, महिलाहरुलार्इ स्पस्ट मन मस्तिकमा प्रभाब पर्नेगरी प्रसंशा तथा माया देखाउनै पर्ने हुन्छ । जब महिलाले माया पाएको महसुस गर्न सक्छिन्, तब नै पूर्ण रुपमा आफ्नो जीवन साथीसँग समर्पित हुन सक्छिन् । त्यसपछि मात्र यौनलगायत सबै कुरमा आफ्नो जीवन साथीलार्इ पूर्ण रुपमा सन्तुस्ट बनाउन सक्छिन् । नारी कोमल हृदयलार्इ पारदर्शी प्रेम स्पर्सले नै जित्न सक्छ ।
महिलाहरुले पनि आफ्ना श्रीमान्को ईच्छा आकांक्षा कदर गर्न सक्नु पर्छ । महिलाहरुले आफ्ना श्रीमान्को मनको भाबना र चाहना बुझ्न नसक्दा अर्थात् कदर गर्न नसक्दा पुरुषहरुले अरु कुनै नराम्रो बिकल्प रोज्न सक्छ्न् । त्यसैले महिलाहरुले पनि आफ्नो श्रीमान्को ईच्छा आकांक्षालार्इ गम्भीर भएर बुझ्नु पर्ने हुन्छ । आजभोलि निक्कै तडकभडकको जमनामा बाहिर जाँदा पुरुषहरुले निक्कै सुरासुन्दरी देखेका हुन्छन् । त्यस्तै आफ्ना श्रीमान्को ध्यान अन्तै नखिचियोस् भन्नका लागि पनि महिलाले आफूलाई निक्कै मेन्टेन गर्नुपर्ने हुन्छ । श्रीमान् र श्रीमती एकअर्काका परिपुरक हुन् । दुवैले दुवैको भावना बुझ्न सक्यो भने मात्र एक सुन्दर घर बन्छ र सुन्दर, खुसी अनि सफल जीवन बन्छ ।
source : dhartiaawaj.com
पानी जहाँज' जहाँ ५० हजार मान्छे अट्छ्न. अनि बिमानस्थल पनि छ (फोटो फिचर)
6:31 AM
Unknown
सुन्दै अचम्मको यो समाचार हो अमेरिकाको । जहाँ एउटा यत्रो जहाँज बन्दैछ जसमा बिमानस्थल, स्कुल, अस्पताल, ब्यापारीक भवन, क्यासिनो, सपिङ् सेन्टर, पार्क समेत अट्छ । अझ भनौं ५० हजार यात्रु एकैपटक यात्रा गर्न मिल्ने यो जहाँ अमेरिकामा बन्दैछ ।
बाघले आफ्नै प्रशिक्षकलाई अस्पताल पुर्यायो (फोटो फिचर सहित
5:28 AM
Unknown
बाघलाई तालिम दिनु जति साहसिक हो, त्यति नै जोखिमपूर्ण पनि । यसको अनुमान तपाई तलको तस्वीरहरुबाट पनि लगाउन सक्नुहुन्छ ।वर्षीय बाघ प्रशिक्षक डेविड अष्ट्रेलियाको स्टीव चिडियाखनामा प्रशिक्षण दिने क्रममा आक्रमणमा परेका हुन् । मंगलबार अपराहृन तालिम दिने क्रममा बाघले आक्रमण गरेको थियो । प्ले सेसनका क्रममा उनी एक बाघलाई तालिम दिइरहेका थिए, अचानक रिसाएको बाघ उनीमाथि झम्टियो ।नजिकै रहेका डेविडका साथीहरुले आक्रमण रोकोस् भनेर बाघमाथि लाठी बर्साए, तर बाघले छाडेन । बाघ र चिडिया खानाका कर्मचारीहरुबीच लामै समय संघर्ष चल्यो ।कर्मचारीहरु बाघमाथि ठूला ठूला लाठी बर्साइरहेका थिए भने बाघ डेविडलाई जोडले आक्रमण गरिरहेको थियो । बाघको आक्रमणका कारण डेविडको घाटीमा गम्भीर चोट लागेको छ । घटना लगतै एम्बुलेन्स बोलाइएको थियो । उनलाई पछि हेलिकोप्टरमार्फत अस्पताल पुर्याइएको थियो ।
source : onlinekhabar.com
विवाहको दिन बेहुली नै घरवाट भागेपछि जन्तिहरु अलपत्र
5:05 AM
Unknown
बारा, मंसिर १४– विवाहको दिन बेहुली नै घरवाट भागेपछि अहिले बाराको रतनपुरी गाविसस्थित लालगाउँमा बेहुला र उनका पक्षका जन्तिहरु अलपत्र परेका छन् ।बाराको डुमरवानाबाट बस रिजर्भ गरेर बिहान गएका करिब बेहुलासहित ५० जना जन्तीहरू केटी पक्षको घरमा पुग्दा बेहुली भागेर हिँडेपछि समस्यामा परेका हुन्। बारा जिल्लाको रन्तपुरी गाविस वडा नं ८ मा रहेको बेहुलीको घरमा जन्तीहरू पुग्दा बेहुली अन्यत्र भागिसकेको थाहा भएको थियो।
जन्तीहरू घरमा आइपुगेपछि बेहुलीपक्षले नयाँ दुलहीलाई खोज्दा नभेटेपछि खोजबिन समेत भएको थियो। यतिखेर बेहुला पक्ष नयाँ अर्को दुलही लाने कि के गर्ने भन्ने बारेमा अन्योलमा परेको बेहुलाका मामा बावुलाल वाइवाले जानकारी दिए।उता बिवाहमा खर्च भइसकेको र लागेको खर्च बेहोर्नु पर्ने भन्दै बेहुला पक्षले क्षतिपूर्ति माग गरेपछि बिवादसमेत भएको छ। मानवमा गल्ती हुन्छ भन्दै वेहुलीपक्षले वेहुला पक्षलाई एक लाख पचास हजार रूपैयाँ जरिवाना तिर्ने भएका छन् । तामझामका साथ बेहुलीको घरमा जन्ती पुग्दा केटीनै नभएको जानकारी प्राप्त हुँदा छिमेकीहरुसमेत आश्चर्यमा परेका छन्।
source : npnews.net