BICITRA KHABAR

BICITRA KHABAR

दीपिकाको फ्यानले संवेदनशील अंग समातेपछि हङ्गामा

दीपिका पादुकोण बलिउडकी चर्चित अभिनेत्री हुन् । उनको फ्यानको संख्याले पनि यस्तै बताउछ । उनी जहाँ पनि जान्छिन्, त्यहाँ फ्यानहरुको भीड जम्मा हुनु त्यसको प्रमाण हो ।कलाकारका लागि यो खुसीको कुरा पनि हो । फ्यानसँग भेटघाट गर्नु, अन्तरक्रिया गर्नु र अटोग्राफ दिनुले कलाकारलाई आत्मविश्वास कायम राख्न पनि सहयोग गर्छ ।तर, फ्यानले कलाकारलाई उत्साहित मात्र पार्दैनन्, हैरान पनि पार्ने गर्दछन् । दीपिकाले पनि मंगलबार यस्तै हैरानी बेहोरेकी छन् । उनले आफ्नै फ्यानको दुर्व्यवहार सहन गर्नु परेको हो ।स्टार विक म्यागजिनको उद्घाटन कार्यक्रममा दक्षिणी मुम्बई पुगेकी दीपिकाले दुर्व्यवहार भोग्नु परेको हो । कार्यक्रममा दीपिका जाने खबर पाएपछि उनका फ्यानहरुको भीड जम्मा भएको थियो । उनको बडीगार्डलाई भीड नियन्त्रण गर्न निकै हम्मे परेको थियो ।उनी कार्यक्रम सकेर निस्कने बेला भीडको फाइदा उठाउँदै एक व्यक्तिले उनको काँध र अन्य अंगमा हात पुराएका थिए ।
source : sambadmedia.com

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More