नायिका नीता ढुंगानाले चलचित्रको पर्दामा चुरोट तान्दै गरेको दर्शकले देख्न पाएका छैनन् । तर कलेज यूवतीको भूमिकामा एक चलचित्रमा देखिन लागेकी नीताले मस्तसँग चुरोट तान्दै गरेको अब तपाइले देख्न सक्नुहुनेछ ।
मंसिर १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘उर्वशी’मा नीताको यस्तो गेटअप देख्न पाइनेछ । मनिष पन्थको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘उर्वशी’मा उनी कत्तै चुरोट तान्दै गरेको अवस्थामा त कतै सेक्सी अवतारमा देखिने छिन् ।
नीतालाई नै शिर्ष भूमिकामा राखेर तयार पारिएको ‘उर्वशी’लाई खगेश्वर पुनले निर्माण गरेका हुन् । चलचित्रमा नीताको अलवा अरुणिमा लम्साल, किशोर खतिवडा, नव कलाकार किशोर श्रेष्ठको मुख्य भूमिका छ । पूर्णतया प्रेमकथामा आधारित यो चलचित्रले राम्रो व्यापार गर्ने आशा गरिएको छ ।
कात्तिक १५ गतेपछि कुनै पनि नयाँ नेपाली सिनेमा प्रदर्शनमा नआएकाले पनि ‘उर्वशी’लाई दर्शकले माया गर्ने विश्वास निर्माणपक्षको छ






