मंसिर १४– सबै मानिसहरुले आफ्नो सुन्दरताको वर्णन गरेको सुन्न पक्कै पनि मन पराउने गर्छन् । तर कोही मानिसको बाहिरी बनावट आकर्षक छैन भने के नै गर्न सकिन्छ र ? क्रेजी न्युजको खबर अनुसार अमेरिकामा वर्जीनियाको एक महिलाले आफुलाई नराम्रो भनेका कारण एक व्यक्तिको हत्या गरेकी छिन् ।
बारबरा बैक्स नाम गरेको यस महिला माथि हत्याको आरोप रहेको छ । बैक्स आफ्नो साथीको घरबाट बाहिर निस्केको समयमा एक व्यक्तिले उसलाई धकालेर नराम्रो भनी पटक पटक जिस्काएको पनि बताइएको छ । बैक्सलाई लगातार नराम्रो भनी जिस्काउँदा उसले सहनै नसकी साथीको घरबाट चक्कु लिएर आएकी थिइन ।
चक्कु लिएर उनले ती व्यक्तिको हत्या गरेकी हुन् । बैक्सले प्रहरी सामु आफ्नो अपराध पनि स्वीकार गरेकी छिन् । ( एजेन्सीको सहयोगमा )
source : kalika F.M