BICITRA KHABAR

BICITRA KHABAR

२१ महिलालाई ११ बर्षको जेल सजाँय


कायरो, १४ मंसिर-  इजिप्टको एक अदालतले अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीको समर्थन गर्ने २१ महिलालाई ११ बर्षको जेल सजाँय सुनाएको छ ।सजायँ सुनाईएका सबै महिलालाई चरमपन्थी समूहसंग सम्बन्ध राखेको, यातायातमा बाधा पु-याएको र गत महिना इजिप्टको अलेक्जिेन्ड्रिया शहरमा तोडफोडमा संलग्न भएको आरोपमा दोषी ठहयाईएको छ ।ती मध्य सात महिला १८ बर्ष कम उमेरका भएकाले उनीहरुलाई जुविनाईल जेलमा पठाईएको बिबिसीले जनाएको छ ।मानवअधिकारवादी संगठनहरुले अदालतको उक्त फैसलाप्रति कडा आपत्ती जनाएका छन् । एक मानवअधिकारवादी कार्यकर्ताले उक्त फैसलालाई पागलपनको उपज भएको समेत बताएका छन् ।महिलाका आफन्तहरुले भने ती महिलाहरु सेभेन एएम मुभमेन्ट नामक एक समूहले आयोजना गरेका एक प्रदर्शनमा शान्तिपूर्ण रुपमा सहभागिता जनाएको बताएका छन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More