४ मंसिर, भक्तपुर । नेकपा एमालेका नेता केपी शर्मा ओलीले आज बालकोट गाविसस्थित महेन्द्र शान्तिमाध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।संविधानसभा निर्वाचनमा झापाबाट उम्मेदवारी दिनुभएका ओलीले मंगलवार झापाबाट भक्तपुरस्थित बालकोट आएर दिउँसो २ बजे पत्नी राधिकासहित मतदान गर्नुभएको हो । मतदानका लागि बालकोटस्थित घरबाट एक किमिभन्दा बढी बाटो पैदल नै हिँडेर मतदानस्थलसम्म पुगेर मतदान गर्नुभएको हो ।मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले आजको निर्वाचनबाट गठन हुने संविधानसभाले संविधान बनाउने विश्वास व्यक्त गर्नुभयो । रासस