BICITRA KHABAR

BICITRA KHABAR

कोरियामा एक नेपालीको मृत्यु

निकुञ्ज तिवारी-सउल, १८ नोवेम्वर। रोजगारी गर्न कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । ईपीएस मार्फत २०१० मा यहाँ आएका डडेलढुरा भोगेश्वर ५ का मनोजकुमार पाण्डेको आइतबारराती मृत्यु भएको हो । ३५ बर्षीय पाण्डे ख्याङगीदो पोछनस्थित जिन्स पाईन्ट बनाउने कम्पनिमा कार्यरत थिए ।  

पाण्डेसंगै कार्यरत पर्वतका नारायण सुबेदीका अनुसार शनिबार बेलुकी सोल छङर्याङरिमा रहेको चर्चमा गएर आइतबार ४ बजे कम्पनि फर्केर सुतेका थिए । उनले मादक पदार्थ सेवन गरेका थिएनन । सोमबार बिहान ड्युटी समयमा पनि नउठेपछि कोठामा हेर्न जांदा मृत अबस्थामा फेला परेको सुबेदीले बताए । सो कम्पनिमा ७ जना नेपाली कार्यरत छन् ।

स्थानीय प्रहरी कार्यालयले सोलस्थित नेपाली दूताबासलाई घटनाको जानकारी गराएको र सो पत्र अनुसार परिवार तथा परराष्ट्र मन्त्रालयलाई पत्र पठाइएको श्रम सहचारी अनिलकुमार गुरुङ बताए । मृतकको श्रीमती ८ बर्षीय छोरी, ५ बर्षको छोरा छन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More