बलिउडमा पहिले पनि कतिपय चलचित्रहरूमा सेन्सर बोर्डले कैची लगाएको थियो । सेन्सर बोर्डले केही चलचित्रमा कैची नै लगाउने गर्छ त कही 'ए' सर्टीफिकेट दिने गर्छ । यसले सिधै चलचित्रको दर्शकको संख्यामा असर गर्ने गर्छ । यस्तैमा सन्नी लियोनीको आउन लागेको चलचित्र ज्याकपटमा सन्नी र सचिनका बीच केही यस्ता आपत्तिजनक दृश्यहरू रहेका छन्, जसले गर्दा सेन्सर बोर्डले कैची लगाउन सक्छ भन्ने डरले निर्माताहरूलाई सतासउन थालेको छ । सन्नीले चलचित्रको एक दृश्यमा टपलेस सिन पनि दिएकी छिन् । उक्त दृश्यले दर्शकहरू तान्ने सोच निर्माताहरूको छ तर सेन्सर बोर्डले कैची लगायो भने दर्शक घट्ने डरले चिन्तित बनेका छन् निर्माताहरू । यसअघि पनि उक्त चलचित्रबाट एउटा गीत हटाइएको छ । जावेद जाफरीले गाएको एउटा उत्तेजक गीतलाई हटाइएको थियो । र अन्य दृश्य पनि हट्छ भन्ने डरले निर्माताहरूलाई सताएको छ । हेरौ उक्त चलचित्रमा सन्नीका बोल्ड अवतारका केही दृश्यहरू...